चितवन प्रहरीको ठूलो सफलता : अपहृत १६ वर्षीय बालक काठमाडौंबाट सकुशल उद्धार, ६ जना पक्राउ
चितवन, असार ५ – फिरौतीका लागि अपहरण गरिएका १६ वर्षीय बालकलाई चितवन प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गर्दै घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ निवासी १६ वर्षीय बालक असार १ गते दिउँसो करिब ४ बजे घरबाट हराएका थिए। सोही दिन राति करिब ११ बजे बालकका बुवाले प्रहरीमा जानकारी गराएपछि खोजी तथा अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो। अनुसन्धानका क्रममा सोही राति करिब १२ बजे पीडितका बुवाको मोबाइलमा सम्पर्क गरी केही व्यक्तिहरूले बालकको रिहाइका लागि २२ लाख रुपैयाँ फिरौती मागेको खुलेपछि प्रहरीले घटनालाई अपहरणको रूपमा लिएर विशेष अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका…