समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी

चितवन, असार ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाइने भएको छ । समावेशी सहभागितालाई सुनिश्चित गर्नेगरी विधान संशोधन भएसँगै प्रत्यक्ष लाभान्वित समुदाय खुसी देखिएका हुन् । पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन् । आधा जनसङ्ख्या ओगट्ने महिलामध्येबाट एक जना केन्द्रीय उपसभापति हुुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय समितिका ९९ जना सदस्यमध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको पाँच जनाका दरले ३५ जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ । एउटा प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । प्रदेशमा उपस्थित जनसङ्ख्याको आधारमा गण्डकी र कोशी…
Read More
चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

चितवन, असार ८- चितवनमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । गएराती १ः४० बजे भरतपुर महानगरपालिका १५ स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको बा.प्र. ०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० मा बसोबास गर्दै आएका १९ वर्षीय राजिब गुरुङ रहेका छन् । दुर्घटनामा स्कुटर चालक भण्डारी र पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए । दुवैलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको भए…
Read More
रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुँदैछ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ । अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यसमा छलफल हुनेछ । बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिर छलफल हुनेछ । बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने छ । बिहान १०ः४५…
Read More
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

चितवन, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँहरुसँग मञ्चमा रहनुभएका अतिथिहरुले पनि एकै साथ घण्टी बजाउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा ९एमाले०का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी हुनुहुन्छ । यसै गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ ।…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु

चितवन, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित हुनुहुन्छ । यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरु र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त…
Read More
रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

काठमाडौं, असार ७ – रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ । महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा। सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।
Read More
रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

चितवन, असार ७ – वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ । सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो । प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय महाधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी…
Read More
रास्वपा महाधिवेशनः अन्य पार्टीका ‘शीर्ष नेता’ लाई मात्रै शुभकामना मन्तव्य राख्न दिने नीति

रास्वपा महाधिवेशनः अन्य पार्टीका ‘शीर्ष नेता’ लाई मात्रै शुभकामना मन्तव्य राख्न दिने नीति

चितवन , असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन आज चितवनको भरतपुरमा सुरु हुँदैछ । भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा आयोजना हुने उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रास्वपाका अनुसार उद्घाटन समारोहलाई संक्षिप्त र व्यवस्थित बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री शाहको सम्बोधन छोटो रहने बताइएको छ भने अन्य वक्ताहरूको संख्या पनि सीमित राखिएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले संयुक्त रूपमा गर्नेछन् । स्वागत मन्तव्य रास्वपा चितवनका जिल्ला अध्यक्ष मिनी माधव खनाल तथा…
Read More
रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चितवनमा सुरक्षा व्यवस्था कडा

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चितवनमा सुरक्षा व्यवस्था कडा

चितवन , असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनमा प्रधानमन्त्री, मन्त्री, सांसदसहित विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिता रहने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की स्वयं चितवनमा खटिएका छन्। महाधिवेशनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वयात्मक रूपमा तयार गरिएको सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। सुरक्षाका लागि जनपथ प्रहरीतर्फबाट मात्रै एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। आवश्यक जनशक्ति व्यवस्थापनका लागि बाहिरी जिल्लाबाट समेत प्रहरी चितवन झिकाइएको छ। यसैबीच, महाधिवेशन स्थल आसपासको क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाकिमचोक, चौविसकोठी र मालपोतचोकसम्म…
Read More
मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

मुग्लिन–मलेखु सडक आयोजनामा कुरिनटारका स्थानीयको ध्यानाकर्षण, फुटपाथदेखि स्पिड ब्रेकरसम्म सुधारको माग

इच्छाकामना , असार ७ – निर्माणाधीन मुग्लिन–मलेखु सडक निर्माण आयोजनाको प्याकेज ३ अन्तर्गत भइरहेको सडक, फुटपाथ तथा नाला निर्माण कार्यप्रति स्थानीयवासी तथा व्यवसायीहरूले विभिन्न सुझावसहित ध्यानाकर्षण गराएका छन्। आइतबार कुरिनटारका स्थानीय तथा सरोकारवालाहरुले आयोजना शर्मा एण्ड कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जियर निर्माण पोखरेललाई सुझावसहित ध्यानकर्षणपत्र बुझाएका हुन् । आयोजना प्रमुखलाई सम्बोधन गर्दै निर्माण कार्यको स्थलगत अवलोकनका क्रममा देखिएका प्राविधिक तथा व्यवहारिक पक्षहरू सुधार गर्न आग्रह गरेका हुन्। विश्व बैंकको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत हाल भइरहेको निर्माण कार्यले बजार क्षेत्रका सर्वसाधारण तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्ने भएकाले आवश्यक सुधार गर्न माग गरिएको पत्रमा उल्लेख छ। ध्यानाकर्षण पत्रमा बजार क्षेत्रमा निर्माण भइरहेको फुटपाथको…
Read More