सरकारसँग १२.८ अर्ब कर विवाद: कोकाकोलाका दुई कम्पनी नकारात्मक सूचीमा
काठमाडौं, भदौ १८ – कोकाकोलालगायत पेयपदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड नकारात्मक सूचीसहित ‘क्रेडिट वाच लिस्ट’ मा परेका छन्। रेटिङ एजेन्सी इक्रा नेपालले दुवै कम्पनीको नकारात्मक असरको सम्भावनासहितको निगरानी यथावत राखेको जनाएको छ। नकारात्मक प्रभावको सम्भावनासहितको निगरानीमा राख्नुको मुख्य कारण, सन् २०१४ मा बोटलर्सको विदेशमा स्वामित्व किनबेच कारोबार (अफसोर ट्रेडिङ) सँग रहेको छ। कम्पनीको स्वामित्वमा परिवर्तनपछि करसम्बन्धी कानुनी उल्झन आएको हो। यसमा कर, जरिवाना र शुल्कसहित कुल १२.८ अर्ब रुपैयाँ बराबरको दायित्व समावेश छ। यसअघिको रेटिङका समयमा रहेको करिब १५.६ अर्ब रुपैयाँबाट घटेको छ। किनकि बोटलर्स नेपाल तराईमा बहुमत स्वामित्व रहेको सहायक कम्पनीको हकमा…