गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन
काठमाडौँ,जेठ ४- गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित ‘हटलाइन नम्बर’ ११५१ लाई थप प्रभावकारी बनाइएको छ । चौबिसै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा…