धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

धवलागिरी अस्पताल भवन :तीन पटक म्याद थप गर्दा आधा काम

तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म पनि सूचारु नभएको म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको धवलागिरी बजार इकाईका सभापति तेजेन्द्र थापाले बताउनुभयो । भवन निर्माण पुरा नहुँदा म्याग्दीका अन्य स्थानीय तहको तुलनामा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरीको ताकममा अस्पताल सञ्चालन गर्ने योजना कार्यान्वयनमा ढिलाइ भएको छ उहाँले गुनासो गर्नुभयो ।…
Read More
पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आउनुभएको छ । तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिनुभएको हो । आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष रु पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उहाँले भन्नुभयो । प्रतापपुर गाउँपालिका–६ का गङ्गा सागर यादवले पनि पाँच वर्षदेखि आलुखेती गर्दै आउनुभएको छ ।…
Read More
ओलीलाई बयानमा बोलाउने तयारीमा जाँचबुझ आयोग

ओलीलाई बयानमा बोलाउने तयारीमा जाँचबुझ आयोग

जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने बताएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताएका हुन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीले अध्यक्ष कार्कीलाई सोधे– एमाले अध्यक्ष ओलीलाई बयानमा कहिले बोलाउनुहुन्छ ? जवाफमा अध्यक्ष कार्कीले अध्यक्ष ओलीलाई बयानमा बोलाउने क्रममा रहेको बताए । उनले भने, ‘उहाँलाई बोलाउने क्रममा छौँ हामी।’ बोलाउँदा पनि आउनु भएन भने के गर्नु हुन्छरु’ सञ्चारकर्मीले सोधे। ‘आउनु भएन भने भोलिको कुरा भोलि नै हुन्छ’, कार्कीले भने।
Read More
एमालेको समानुपातिकको बन्दसूचीमा चितवनका चार जना समावेश

एमालेको समानुपातिकको बन्दसूचीमा चितवनका चार जना समावेश

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचिमा चितवनका चार जना समावेश भएका छन् । सोमबार एमालेले पठाएको ११० जनाको नामावलीमा जनजाति, खस आर्य महिला र दलित समुहबाट चार जनाको नाम पठाएको हो । बन्द सूचिमा पर्नेमा आदिवासी जनजाति समूहबाट पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सन्तबहादुर प्रजा, खस आर्य समूहबाट प्रभा बराल (पौडेल) र दलित समूहबाट यमबहादुर परियार रहेका छन् । पटक पटक मन्त्री भइसकेका थापा र परियार माओवादी पुष्ठिभूमिका व्यक्ति हुन् । थापा जनजाति समुहका पहिलो सूचीमा समेत छन् । उनको विषयलाई लिएर सर्वसाधारणमा आलोचना समेत भएको छ । नेकपा एमालेले झापा जिल्लाका सबैभन्दा बढी ९ जनाको…
Read More
सुनचाँदीको मूल्यका केहि गिरावट

सुनचाँदीको मूल्यका केहि गिरावट

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु चार हजार ४७० मा कारोबार भएको थियो । रासस
Read More
चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो । देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन् । चितवन औद्योगिक प्रदर्शनी परिसरबाट प्रारम्भ भएको प्रभातफेरी चौबीसकोठी– हाकिमचोक– स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवद्र्धन शाखाप्रमुख, यहाँस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल दाना…
Read More
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने…
Read More
गैँडाकोट महोत्सवको तयारी तीव्र,यस्ता छन् आकर्षण

गैँडाकोट महोत्सवको तयारी तीव्र,यस्ता छन् आकर्षण

स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको गैँडाकोट महोत्सवको मुख्य आकर्षणको रुपमा ‘जलपरी’ राखिने भएको छ । स्थानीय कृषि तथा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीलाई प्राथमिकता दिइने महोत्सवको आकर्षणमा जलपरी राखिने भएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ । महोत्सव तयारीबारे जानकारी दिँदै महोत्सवका मूल संयोजक एवम् जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले महोत्सवमा राखिने जलपरीसँग फोटो तथा भिडियो खिच्न पाइने बताउनुभयो । उहाँकाअनुसार महोत्सवमा विश्वविख्यात पाकिस्तानी लेदर, बङ्गलादेशी गार्मेन्ट, महिला उद्यामीले उत्पादन गरेका सामग्री राखिनेछ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको…
Read More
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उहाँले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गर्नुभयो । “शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक दाहालले भन्नुभयो । पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको…
Read More
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ :महामन्त्री थापा

‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ :महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुभयो । “कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ”, महामन्त्री थापाले भन्नुभयो, “यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ ।” उहाँले आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने धारणा राख्नुभयो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः…
Read More