देउवाले भने- पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

देउवाले भने- पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

देउवाले भने- पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने । विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।
Read More
सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुदैँछ ?

सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुदैँछ ?

नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन चार हजार १०० रुपैयाँ बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो (आइतबार) सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १९५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
Read More
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि…
Read More
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ : असिम शाह

‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ : असिम शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उहाँको भनाइ छ । “मेयर शाह र सभापति लामिछानेको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवै जना बैकल्पिक शक्तिका रुपमा उदाएकाले उहाँहरुको बीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ”, रासससँगको कुराकानीमा शाहले भन्नुभयो । दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफूलगायतले…
Read More
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

यतिबेला मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकार भएका पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाको दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बल नेपालले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ । उक्त तयारीका सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापासँग राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः मुलुक निर्वाचनको सम्मुखमा छ, सशस्त्र प्रहरी बलको बुझाइमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ? मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुद छ । प्रमुख…
Read More
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा सुरु भएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्नुहुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो । संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय/व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौँमा सम्पन्न भएको थियो । रासस
Read More
हेटौँडामा भत्काइएका जोखिमपूर्ण घरमा व्यापार, स्थानीय प्रशासनद्वारा रोक्न निर्देशन

हेटौँडामा भत्काइएका जोखिमपूर्ण घरमा व्यापार, स्थानीय प्रशासनद्वारा रोक्न निर्देशन

सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसायी सञ्चालन भइरहेको छ । यही मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालय भत्काएको थियो । सर्वोच्च अदालतको आदेशका कारण हाल सडक विस्तारको कार्य रोकिएपछि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीहरूले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । जसका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय कैलाश थापाले बताउनुभयो । “सडक डिभिजन कार्यालयले भत्काएर भग्नावशेष अवस्थामा छाडेका घरबाटै व्यापारीहरूले पसल चलाइरहेका छन्”, उहाँले भन्नुभयो, “जसका कारण…
Read More
बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास

बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास

कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो । निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर रु दुई लाख लाख ५० हजार लागत साझेदारी गरेका छन् । बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८…
Read More
सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेको धुलिखेलमा सञ्चालित प्रदेश स्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो । यस्तै स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित गरेको मन्त्री तामाङले जानकारी दिनुभयो ।…
Read More
जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको हो । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त उपलब्धिको रक्षाका रुपमा लिइएको उहाँको भनाइ थियो । बैठकमा सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा विशेष जोड दिइएको छ । पार्टीको ‘सर्कुलर’अनुसार सबै जनसङ्गठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेसागत समूहमा पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो ।…
Read More