भरतपुर,साउन १५-
विश्व हिन्दु महासंघ चितवनले आज (शुक्रबार) आह्वान गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गरी चितवन बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन र गृहमन्त्री र पिडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश दिएकाले सरकारले गरेको सकारात्मक पहललाई स्वागत गर्दै चितवन बन्दको कार्यक्रम फिर्ता लिइएको महासंघको चितवन अध्यक्ष प्रेम गैरेले बताए ।
स्थानीय प्रशासन, राजनीतिक दल र व्यवसायीक संघसंस्थाले गरेको आग्रह समेतलाई मध्यनजर गरी बन्द फिर्ता लिइएको उनले स्पष्ट पारेका छन् । सुनसरी घटनापछि धार्मिक विवाद यतिबेला मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सल्किएको छ ।
