पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिनुभयो । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको…
Read More
बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिनुभयो । उहाँले बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, तालतलैया तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको उल्लेख गर्दै नेपालगन्जमा रहेको कान्तितालमा विगतमा भन्दा जलपन्छी घटेको पाइएको बताउनुभयो । “पहिलेको वर्षमा ५५ प्रजातीका जलपन्छी देखेका थियौँ तर अहिले त्यो अवस्था घटेको देख्यौँ”, उहाँले भन्नुभयो ।…
Read More
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

“ढुङ्गे साँघुको मेलामा…. भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल उत्सव मात्र होइन यो त पुर्खाको सभ्यता र प्रकृतिको अद्भुत ‘इन्जिनियरिङ’को कला पनि हो । सेती नदीको गहिरो खोँचमाथि एउटै विशाल शिलामा प्राकृतिक रूपमा तेर्सिएर बनेको यो साँघु मानवीय श्रमबिनै निर्मित एक अद्भुत सेतु हो । आधुनिक सिमेन्ट र फलामे पुलहरू बन्नुअघि निर्मलपोखरी, भरतपोखरी र…
Read More
नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश(नगदसमेत)वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा रु दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम रु दुई खर्ब ९६…
Read More
‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताउनुभएको छ । सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला । ” निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलार्ई आग्रह गर्र्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गर्नुभयो । प्रचलित कानुनविपरीत गर्नेलार्इं कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोगतर्फ उहाँको भनाइ लक्ष्यित…
Read More
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ । रासस
Read More
सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडदै सुन प्रतितोला १ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ३१५ रुपैयाँले बढेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा कायम भएको सुन आज प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो त्यस्तै , चाँदीको भाउपनि उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो । मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । रासस
Read More
देउवासँग छलफल सकेर निस्किए थापा र शर्मा

देउवासँग छलफल सकेर निस्किए थापा र शर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । उनीहरु निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका थिए । छलफल सकेर उनीहरु भर्खरै बाहिरिएका हुन् ।
Read More
नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रूपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहज रूपमा सवारीसाधनमा देवघाट आवतजावत गर्न सकिनेगरी सडक तयार भएको पालिकले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताउनुभयो । त्यस्तै, गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिनुभयो । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रूपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ । नवलपुर, तनहुँ…
Read More