बछौलीमा स्वास्थ्य शिविर : तीन सय जनाको स्वास्थ्य परीक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा बुधबार आयोजित समुदायमा आधारित दन्त सहित नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरमा स्थानीय ३०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले बछौली स्वास्थ्यचौकीसंग सहकार्य गरी आयोजना गरेको सो शिविरमा १९७ दाँताका विरामी सहित ३०० जनाको स्वास्थ्य परीक्षण गरिएको बछौली स्वास्थ्यचौकी प्रमुख केशव पौडेलले जानकारी दिए । वडा नं ६ का वडाध्यक्ष किरण महतोको अध्यक्षतामा भएको उक्त शिविरको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले उद्घाटन गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षको लागि रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि मात्र पाँच लाख रुपैया विनियोजन गरेको बताए । नागरिकको…