मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का सोही स्थानका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम) मा उपचार जानकारी दिनुभयो । रासस
Read More
चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवनमा बासस्थान नवप्रवर्द्धन सम्मेलन हुने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाडौँ विश्वविद्यालयद्वारा संयुक्तरूपमा आगामी भदौ ३१ देखि असोज १ गतेसम्म तेस्रो बासस्थान नवप्रवर्द्धन सम्मेलन यहाँ आयोजना हुने भएको छ । फोहर व्यवस्थापन समाधानलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षाको प्रवर्द्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको पूर्वमन्त्री गणेश साहले जानकारी दिए । फोहरले गर्दा अहिले वातावरण बिग्रँदै गएकाले यसलाई उद्यमशीलतामा परिणत गर्नसके फोहर मोहोरका रूपमा आउने उनको भनाइ छ । अहिले देशभरका नगरप्रमुखहरूलाई फोहर व्यवस्थापन समस्या बनेको जनाउँदै उनले त्यो फोहर व्यवस्थापनबाट आर्थिक अर्थतन्त्र बलियो बनाउनका लागि बासस्थान नवप्रवर्द्धन सम्मेलन गर्न लागिएको बताए । कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानीकर्ता,…
Read More
फोर्ब्स कलेजमा अतिथि सत्कारको नमुना अभ्यास

फोर्ब्स कलेजमा अतिथि सत्कारको नमुना अभ्यास

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ । व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हिरशरण पाठकले जानकारी दिए । हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउदै आएको प्रिन्सिपल पाठकले बताए । सो कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्र प्रमुख अर्को देशको राष्ट्र प्रमुख संग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अध्यास गराएको हो । कलेज व्यवस्थापनको समन्वयमा बिएचएम संकायका छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अध्यासको…
Read More
तामाङ समाज ल्हाेच्याङ्ग गुठीमा सरस्वती लामाकाे नेतृत्व 

तामाङ समाज ल्हाेच्याङ्ग गुठीमा सरस्वती लामाकाे नेतृत्व 

रत्ननगर । तामाङ समाज ल्हाेच्याङ गुठी समिति रत्ननगरकाे अध्यक्षमा सरस्वती लामा चयन भएकी छन् । रत्ननगरमा सम्पन्न साे समितिकाे २०औ साधरण सभा तथा पाँचाैं अधिबेशनले लामाकाे अध्यक्षतामा नयाँ समिति गठन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा हरि तामाङ, सचिवमा हिरेन्द्र तामाङ र काेषाध्यक्षमा हिम बहादुर तामाङ चयन भएका छन् । १३ सदस्यीय समितिकाे सदस्यहरुमा गुणराज लामा, तीर्थबहादुर लामा, दिलबहादुर लामा, अर्जुन लामा, नरबहादुर लामा, परिमाया लामा, जीतबहादुर लामा, शुशीला लामा चयन भएका छन् । साे समुदायका ज्येष्ठ सदस्य घपन बहादुर लामाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि पारित भएकाे थियाे । नेपाल तामाङ घेदुङ संघ रत्ननगरका उपाध्यक्ष…
Read More
रत्ननगरका कर्मचारीलाई बायोमेट्रिक प्रमाणीकरणसम्बन्धी तालिम 

रत्ननगरका कर्मचारीलाई बायोमेट्रिक प्रमाणीकरणसम्बन्धी तालिम 

रत्ननगर । बायोमेट्रिक प्रमाणीकरण प्रणालीमार्फत राष्ट्रिय परिचयपत्रसहितको सामाजिक सुरक्षा भत्ता नवीकरण तथा विवरण अद्यावधिकसम्बन्धी वडा सचिव, कर्मचारी तथा कम्प्युटर अपरेटरहरुका लागि तालिम सम्पन्न भएको छ । रत्ननगर–५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको तालिममा प्रमुखअतिथि नगर उपप्रमुख यादवप्रसाद पाठकले सेवाग्राहीलाई सेवा दिँदा गम्भीर बन्न निर्देशन दिँदै सेवाग्राहीका कामकारबाही समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । कतिपय कर्मचारी कार्यस्थलमा नभेटिएको सेवा प्रवाहमा छिटोछरितो नभएको गुनासो सुन्नु परेको भन्दै उनले आफ्नो जिम्मेवारीअनुसार सेवाग्राहीलाई दुःख नदिने मनसायका साथ सम्पन्न गर्नुपर्ने बताए । नाता प्रमाणित लगायतका कागजातका लागि समेत वडा सचिवले बसाइँसराइ मागेर काम नगरिदिएको गुनासो आएको भन्दै उनले सूचकका…
Read More
कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

कक्षा १२ मा स्काइराइडरका दुई छात्र राष्ट्रियस्तरमा सर्वोत्कृष्ट

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरस्थित स्काइराइडर आवासीय माविका दुई जना विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार सो विद्यालयमा विज्ञान विषय लिएर अध्ययन गरेका पुजग डल्लाकोटीले ३.९६ जिपिए र सोही विषय लिएर अध्ययन गरेका अनिश भट्टले समान ३.९६ जिपिए ल्याएर आफूहरुलाई राष्ट्रियस्तरमै अब्बल साबित गरेका हुन् । डल्लाकोटी र भट्ट रत्ननगर निवासी हुन् । डल्लाकोटी स्काइराइडरमा नर्सरीदेखि र भट्ट कक्षा ४ बाट अध्ययन गरिरहेको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । एसइई र कक्षा ११ मा ‘ए’ प्लस ल्याएर उत्तीर्ण भएका डल्लाकोटी र भट्टले कक्षा १२ मा सर्वोत्कृष्ट…
Read More
नेपाल ट्रेड युनियन कांग्रेस कालिकाको अध्यक्षमा खड्का चयन

नेपाल ट्रेड युनियन कांग्रेस कालिकाको अध्यक्षमा खड्का चयन

रत्ननगर । नेपाल ट्रेड युनियन कांग्रेस कालिका नगर समितिको अध्यक्षमा दीपक कुमार खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, जिल्ला कार्य समिति चितवन स्थानीय निकाय कालिका नगरसमिति गठन तथा संगठन बिस्तार कार्यक्रममा खड्का नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएकाे जिल्ला अध्यक्ष हरिहर सापकाेटाले जानकारी दिए । नगर समितिको उपाध्यक्षमा टोक बहादुर अधिकारी (बिक्रम), महिला उपाध्यक्षमा सिमा खनाल, सचिवमा शुसिला कोइराला, कोषाध्यक्षमा रमेश खनाल, सह सचिवमा रुवेन पौडेल र अनिल न्यौंपाने चयन भएका छन् । सदस्यहरुमा राधेश्याम चौधरी, विकाश चेपाङ, गंगा भट्टराई, जीत वहादुर मगर, स्तुपा श्रेष्ठ, दिपा सुवेदी, गणेश प्रसाद रेग्मी, सविना केसी, युवराज मर्दानिया, सुस्मिता तामा,…
Read More
बालकुमारी कलेजको स्वागत तथा अभिमुखिकरण 

बालकुमारी कलेजको स्वागत तथा अभिमुखिकरण 

भरतपुर । नारायणगढ स्थित बालकुमारी कलेज विज्ञान संकायको आयोजनामा शनिबार भरतपुरमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वि.एस.सी. माईक्रोवायोलोजी र वातावरण विज्ञान संकाय प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरिएको हो । कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालय माईक्रोवायोलोजी केन्द्रिय विभागका प्रो.डा. अन्जना सिंह प्रमुख अतिथी रहनु भएको थियो । करिव ४० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी सिंहले माईक्रोवायोलोजी र वातावरण विज्ञानको महत्व र पढाई पछिको संभावनाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, सहायक प्रिन्सिपल बाबुराम पन्थी लगायतले बोल्नु भएको…
Read More
नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौँ, १९ साउन । सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले राससलाई भन्नुभयो, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।” च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उहाँले बताउनुभयो । १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि…
Read More
एक महिना नवित्दै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन

एक महिना नवित्दै बिग्रियो भरतपुर अस्पतालको एमआरआई मेसिन

चितवन १९  साउन । भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएको हो । जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो । अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले बताए । मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालले असार २५ गतेदेखि एमआरआई सेवा सुरु गरेको थियो । एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४-१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले…
Read More