एमाले पार्टी शुद्धिकरणकाे अभियानमा छ : नेता अधिकारी

एमाले पार्टी शुद्धिकरणकाे अभियानमा छ : नेता अधिकारी

एमाले पार्टी शुद्धिकरणकाे अभियानमा छ : नेता अधिकारी

नेकपा (एमाले) चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरुलाई बधाई तथा स्वागत गरिएको हो । सो कार्यक्रममा बोल्दै पार्टी संगठन विभाग प्रमुख कांशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताएका छन् । पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको उनले बताए । उनले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताएका छन् । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने उनको भनाइ छ । सैद्दान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका…
Read More
किराना पसलमा आगलागी हुँदा १५ लाख क्षति

किराना पसलमा आगलागी हुँदा १५ लाख क्षति

चितवन । चितवनको रत्ननगर वडा नं–१६, पिठुवा चोकस्थित एक किराना पसलमा आगलागी हुँदा करिब १५ लाखबराबरको धनमाल क्षति भएको छ । स्थानीय शोभा श्रेष्ठको आफ्नै घरमा आफैँले सञ्चालन गरेको किराना पसलमा बिजुलीको तार सर्ट भई बधबार एकाबिहान अचानक आगलागी भएको थियो । आगलागीको खबर प्राप्त हुना साथ प्रहरी पोस्टको टोली, इलाका प्रहरी कार्यालयको टोली, खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान ५ः३० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभएको तर अन्दाजी १४÷१५ लाखबराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका पसल बन्दगरी माथिल्लो तलामा सुत्न गएका श्रेष्ठ परिवारले आगलागी बाट निस्किएको धुवाँ र रापले…
Read More
दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा भासिएको सडक माथिबाट लेदो खस्दा अहिले दाउन्नेमा सडक अवरुद्ध भएको छ । रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण विहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । उनका अनुसार अहिले लेदो पन्छाउने काम भईरहेको छ । पानी रोकिएपछि सडक एकतर्फी सञ्चालनमा आउने छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा हिजो विहानदेखि सडक भासिएर एकतर्फी भएको ठाउँ आज लेदो पानी बगेको छ । पानी रोकिएपछि भासिएको सडक मर्मत पनि शुरु गरिने र आजसम्ममा दुईतर्फी सञ्चालनमा ल्याउन सक्ने गरी काम गरिने पौडेलले बताए ।
Read More
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ खैरहनीको अध्यक्षमा परियार चयन

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ खैरहनीको अध्यक्षमा परियार चयन

खैरहनी । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ खैरहनीको प्रथम साधारण सभा तथा अधिबेशन सोमबार सम्पन्न भएको छ । अधिबेशनले अर्जुन परियारको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा फिरोज मिया अन्सारी , सचिवमा सोफिला पौडेल , कोषाध्यक्षमा सम्झना भण्डारी , सहसचिवमा सीता मगर , सदस्यहरुमा बेलबहादुर परियार , मीना दराई , प्रमिला मगर , मोहम्मद सदाम हुसेन , रञ्जना बिक र निरुता चौधरी कार्यसमिति चयन गरेको छ । प्रथम अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले सिलाइ ब्यवसायिहरु हक हित र अधिकारका लागि संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनु भयो…
Read More
हसिना विरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्धा

हसिना विरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्धा

ढाका । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो। अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकोले अभियुक्तहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्धाका कारण पक्राउ पर्न सक्ने छिन् ।…
Read More
उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

उद्यमशिल महिला समुहले मनायो स्थापना दिवस

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा गर्दै स्थापना दिवस मनाएको हो । महिलाहरुलाई उत्पादनसंग जोडर जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको सो समुहले स्थानीय सरकारसंग मिलेर महिलाहरुलाई सीपमुलक तालिम सञ्चालन गरेको हो । महिलाहरुको नेतृत्व विकास र आयआर्जनमा जोड दिएको सो समुहले रत्ननगरमा सामुहिक खेती र उत्पादनलाई जोड दिएको उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले जानकारी दिइन् । आयआर्जनको लागि महिलाहरुलाई उनीको घागो काट्ने तालिम, चुरापोते, मखमलको जुत्ता, च्याउ खेती, बेसार खेती, अगरबत्ती बनाउने,गुद्रुक र…
Read More
कालिकाका मेयर रेग्मीले बुझे घाइतेकाे अबस्था

कालिकाका मेयर रेग्मीले बुझे घाइतेकाे अबस्था

चितवन, २९ साउन । चितुवाको आक्रमणबाट घाईते भएका चन्द्रप्रसाद पौडेलको स्वास्थ्य अवस्थाबारे कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी लिनुभएको छ । भरतपुर अस्पतालनै पुगेर नगर प्रमुख रेग्मीले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । घाइते पौडेल उनका परिवार, अस्पतालका कर्मचारीहरुसँग नगर प्रमुख रेग्मीले छलफल गर्नुभएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपनि देब्रेहातको चोर औला चँडिने अवस्थामा पुगेकाले उपचारमा कुनैपनि खालका अभाव र समस्याहुन नदिन चिकित्सकहरुलाई आग्रहगर्नुभयो । उपचार व्यवस्थासँगै राज्यवाट पाइने क्षतिपूर्ती लगायतको विषयमा चिन्ता नलिन घाइतेका परिवारलाई आग्रहगर्नुभयो । हिजो अपरान्ह ४ बजे वडा नं. ७ स्थित उदयपुर सामुदायिक वनको लबडाँडा नजिकैको जंगलमा घाँस काट्न गएको बेला स्थानीय ४५…
Read More
प्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग

प्रेस चौतारीको भवन निर्माणका सेन्ट्रल कलेजबाट २ लाख सहयोग

चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं कलेजका प्रिन्सिपल पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए । चौतारीको भवनका लागि आफूले २ बर्ष अगाडि चौतारी साँझ कार्यक्रममा…
Read More
सिमलताल दुर्घटनाका ३८ यात्रु अझै वेपत्ता

सिमलताल दुर्घटनाका ३८ यात्रु अझै वेपत्ता

भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेको एक महिना पूरा भएको छ । गएको असार २८ गते बिहान काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोले सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । दुई बसमा गरी ६५ जना सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । यसबीचमा पहिरोले बगाएका बस र यात्रुको खोज तथा उद्धारमा गरिएका सबै प्रयास असफल भए । नारायणी नदीको विभिन्न स्थानमा फेला परेका २४ वटा शवमध्ये २० वटा…
Read More
राष्ट्रिय आधारभूत बिद्यालय भद्रकुमारीलाई बिद्यालय बस

राष्ट्रिय आधारभूत बिद्यालय भद्रकुमारीलाई बिद्यालय बस

भरतपुर । भरतपुर महानगर पालिका वडा न ५ ,गुलाफबागमा अवस्थित भद्रकुमारी राष्ट्रिय आधारभूत बिद्यालयलाइ पुर्व बि.ब्य.स. अध्यक्ष स्व. लाल बहादुर सुवेदी का नाति हाल अमेरिका बस्नुहुने अमिर सुवेदी ले स्व. हजुरबुबा लाल बहादुर सुवेदी तथा स्व.हजुरआमा अम्ब कुमारी सुवेदी को पुण्य स्मृतिमा बिद्यालय बस एक कार्यक्रमका बिच प्रदान गर्नुभयो । बिद्यालयका प्र.अ. राजेन्द्र चालिसेका अनुसार बिद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा सहयोग गर्दै आउनुभएका सुबेदीले आफ्नो लगानीमा स्व. लाल बहादुर सुवेदी स्मृति कम्प्युटर ल्याबको स्थापना , बि.स. २०७७ सालमा अफिस कोठा निर्माण ,बिद्यार्थीहरुलाइ छात्रवृत्ति ,स्कुल ब्याग , पोशाक ,न्यानो कपडा,स्टेसनरी सामग्री तथा सुचना तथा संचार प्रबिधी प्रोजेक्टर ,ल्यापटप आदि प्रदान गर्नुभएको…
Read More