काठमाडौँ । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका- २ टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए । आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई ठक्कर दिँदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाईते महिलाकाे अवस्था गम्भीर रहेकाले उनकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन । भाद्र १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले लाई देख्न सकिन्छ । दुई परिवारको कथालाई लिएर बनेको फिल्मले अहिलेको आधुनिक विवाहलाई पनि चित्रण गरेको देखिन्छ । एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्मका निर्देशक मिलन चाम्स हुन भने निर्माता जानुका थापाको हुन।फिल्ममा कार्यकारी निर्माताको रुपमा अमित रिजाल रहेका छन । सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्वाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ । फिल्ममा आँचल शर्मा,…
चितवन । चितवनकाे रत्ननगरकी उदयमान गायिका सविना लामा ‘गोधुली यो साझमा’बोल को गीत युटूब च्यानल बाट सर्वाजनिक भएको हो। लामाकाे स्वर रहेकाे उक्त गीत एएमजी अनलाइन टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । सुरिराे स्वरकी धनी लामाले दास्राे गीत बजारमा ल्याएकी हुन । गगन प्रकाश लावती लिम्बूको शब्द संगित गीत अनलाइन ग्रुप लाइन एप्स मार्फत विभिन्न ४८ वटा समुहहरुको माझ बिमोचन गरिएको हाे । अनुपम संगित समुहमा आवद्ध रहेकी लामा वन्यजन्तु संरक्षणकर्मी समेत हुन । फर्पिङकाे हात्तीवनमा छायाङ्कन गरिएकाे उक्त गीतकाे भिडियाेमा गायिक लामा स्वयमले अभिनय गरेकी छन् । बैदेशिक राेजगारीका करण परिवारका सदस्यहरुबाट अलग भएर बस्नु पर्ने अबस्था…
चितवन । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका हुन् । फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक १० लाख रुपैयाँ कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थपगरी त्यही…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले षड्यन्त्रपूर्वक माओवादी केन्द्रलाई सत्ताबाट बहिर्गमन गराएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्टबहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले षडयन्त्रमूलक तरिकाले मध्यरातमा हटाइएको बताएका हुन् । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्ति पनि जानकारी नदिई गर्ने जमर्को गरियो ।’ अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफूहरु जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरे पनि जनताले बुझिरहे पनि आफ्नै…
भरतपुर । चितवनको भरतपुर -४, बैदिकनगरमा अवस्थित वाल्मीकि शिक्षा सदनले गाई जात्राको अवसरमा रोमाञ्चक लाखे नृत्य कार्यक्रमको आयोजना गरेर नेपालको जीवन्त नेवारी संस्कृतिको उत्सव मनाएकोछ। सयौं विद्यार्थीहरूले उत्साहका साथ अवलोकन गरेको उक्त नृत्यले विद्यालयको पुराना परम्परालाई जगेर्ना गर्ने र सांस्कृतिक मेलमिलाप र सहिष्णुतालाई प्रवर्द्धन गरेकोछ। दुई विद्यार्थीहरु, राज श्रेष्ठ र प्रवेशजंग बस्नेतले लाखे नृत्यमा आफ्नो उत्कृष्ट प्रस्तुतिले सबैलाई मोहित पार्न सफल भएका थिए। परम्परागत लाखे पोशाकमा सजिएर उनीहरूले देखाएको नृत्यले कार्यक्रमलाई परम्परागत नृत्यको वास्तविकता प्रस्तुत गराएको थियो। सो कार्यक्रममा नेपाली संस्कृतिको मात्र नभई विद्यार्थीहरूले आफ्नो समृद्ध धरोहरको बारेमा जानकारी लिन र अनुभव गर्ने अवसर पाएका थिए। वाल्मीकि शिक्षा सदनले यस्ता…
रत्ननगर । पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले लोडसेडिङ र लो भोल्टेजले समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण गराएको छ । लोडसेडिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन समस्या भएको भन्दै समन्वयले विद्युत प्रवाहमा विद्यमान समस्या तत्काल सामधान गरेर नियमित विजुली प्रदान गर्न प्राधिकरणलाई ध्यानर्कषण गराएको हो । समन्वय समितिका संयाेजक शंकर गिरीको नेतृत्वमा प्राधिकरण पुगेको टोलीले वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीलाई ध्यानर्कषण पत्र बुझाएका हुन् । पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत अनियमित तरिकाबाट कुनै पनि समयमा विद्युत जाने आउने भएको र सो क्षेत्रमा उद्योग कल कारखाना…
चितवन, ३२ साउन । चितवन जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका साट वटै पालिकामा घोषणा गरी शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले औपचारिक कार्यक्रमका बीच चितवनलाई पूर्ण खोज सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । घोषणा सभामा बोल्दै प्रमुख अधिकारीले स्थानीय तह र स्वास्थ्यकर्मीहरुको अथकप्रयासबाट जिल्लालाई पूर्ण खोज सुनिचितता घोषणा गर्न सफल भएको भन्दै राज्यका लागि बलियो मानव पूँजी निर्माण गर्न खोप प्रभावकारी हुने बताउनुभयो । उहाँले तल्लो तहदेखि खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्य क्षेत्रका सम्पूर्ण…