आज तीजको दर खाने दिन
काठमाडौं, २० भदौ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे दिन सार्वजनिक बिदा रहेकाे छ । दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परेको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ। दरका लागि…