प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौं,७  कात्तिक।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा…
Read More
बागलुङ कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन

बागलुङ कालिका मन्दिरमा रु ४५ लाख भेटी सङ्कलन

गलकोट, ७ कात्तिक । बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटीमध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो । असोजमा भेटीमार्फत रु २२ लाख ८० हजार, परेवा बिक्रीबाट रु ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा रु तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट रु चार लाख चार हजार,…
Read More
आज २०८१ साल कात्तिक ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल

चितवन,७  कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज यात्रा नगरेकै जाती…
Read More
भिस्टारा एयरको जहाजमा भेटिएन बम

भिस्टारा एयरको जहाजमा भेटिएन बम

काठमाडौं,६ कार्तिक । दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित भएपछि विमान पुनः दिल्लीका लागि उडान भरेको छ। एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम रहेको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले विमानको कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए। विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाजभित्र सर्च गरेको थियो भने हरेक यात्रुको बडी समेत चेकजाँच गरिएको थियो। प्रारम्भिक छानबिन र सर्चपछि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल प्रमुख ज्ञानेन्द्र भुलले जानकारी दिए। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी…
Read More
छविलाल जोशीसँग साढे ७ घण्टा बयान

छविलाल जोशीसँग साढे ७ घण्टा बयान

बुटवल,६ कार्तिक । गोरखा मिडिया नेटवर्क प्रालिका संचालक एवम् पूर्वडीआइजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो प्रारम्भिक सोधपुछ गरिएकोमा मंगलबार दिनभर बयान गरिएको हो । जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहितका प्रहरीहरुले बयान लिएका हुन् । बिहान ११ बजेदेखि बयान सुरु गरी साँझ साढे ६ बजे सम्म बताउन लिइएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। जिल्ला न्यायाधिवक्ता पौडेलले जोशीमाथि लागेका आरोपबारे…
Read More
सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान,बोले रविका बारेमा

काठमाडौं, ६ कात्तिक । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान लिइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानका लागि बुटवल ल्याइएका जोशीलाई झण्डै साढे सात घण्टा लगाएर विभिन्न ५७ वटा प्रश्न सोधेपछि बयान सकिएको हो । भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका थिए । बिहान ११ बजेदेखि बेलुका पौने ७ बजेसम्म बयान चलेको थियो । जोशीले अनुसन्धानका क्रममा सोधिएका प्रश्नको सहज जवाफ दिएका थिए । जिल्ला न्यायाधिवक्ता…
Read More
ओली नेतृत्व सरकारको १०० दिन पूरा

ओली नेतृत्व सरकारको १०० दिन पूरा

काठमाडौं,६ कात्तिक । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो। सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए। तर एक सय दिन हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन। दुई ठूला दलबीचको सहमतिसमेत कार्यान्वयनमा गएको छैन। गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका…
Read More
४० रोपनी जग्गामा सयपत्री फूलखेती

४० रोपनी जग्गामा सयपत्री फूलखेती

तनहुँ,६ कात्तिक । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ । म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गर्नुभएको हो । म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताउनुभयो । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ । उहाँले भन्नुभयो, “तिहारका बेला…
Read More
‘सडकमा बित्छ घरबारविहीनको रात’

‘सडकमा बित्छ घरबारविहीनको रात’

काठमाडौं,६ कात्तिक । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्क्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनीलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तको लेखाजोखा उनले कहिल्यै गर्दैनन् । दिनमा भारी…
Read More
आज २०८१ कात्तिक ६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ कात्तिक ६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

चितवन,६ कात्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साँझमा अनावश्यक खर्च बढ्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले विभिन्न अवसर जुराउनेछ । सेवामूलक काम गरेर मानसम्मान मिल्ने र प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ कामको थालनी पनि हुन सक्छ । कर्कट (हि, हु, हे,…
Read More