सुनको मूल्य आइतबार तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ ।
शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।