सुकुमवासी बस्तीमा डोजर चलेपछिका शेष प्रश्नहरू
फिल्डमा पुगेका सहकर्मीहरूले सुकुमवासी बस्ती विस्थापनका हृदयविदारक रिपोर्टिङ पठाइरहेका थिए । ती रिपोर्टिङमा तथ्य र तथ्यांक मात्रै थिएनन्, घरबार गुमाएका पात्रहरुका करुणा, भावना र संवेदना पनि मिसिएका थिए । त्यही बेला मेरो ह्वाट्सएपमा अडियो म्यासेज आइपुग्यो । त्यो अरु कसैको थिएन, चार वर्षमा हिँडिरहेको छोराले आमाको मोबाइलबाट पठाएको थियो । उक्त अडियोमा प्रहरीले सिट्टी फुकेको, भागदौड चलेजस्तो अवाज सुनिन्थ्यो । त्यसपछि छोरोको आवाज थियो, 'बाबा छिटो घर आऊ, पुलिस अन्टी आउनुभाको छ ।' त्यो आवाजबाटै मैले थाह पाएँ, म बसिरहेको घर सामुन्नेमा रहेको सुकुमवासी बस्तीमा पनि डोजर चल्न सुरु गरेछ । हतारहतार सामान निकालिरहेका मानिस, भयभीत मुद्रामा यताउती गरिरहेका बस्तीका…