चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा छ वटा पाटेबाघ मृत फेला

चितवन, वैशाख २३ – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो । बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन । मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा…
Read More
नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा

नेपालकै ठूलो मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको नेतृत्वमा काठमाण्डौंको तीनकुनेमा मल्टिस्पेशलिष्ट ‘सिएमसी काठमाण्डौं अस्पताल’ सञ्चालनको तयारीमा रहेको छ । १२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा नेपालकै निजी क्षेत्रको ठूलो अस्पताल सञ्चालनको तयारी गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाण्डौंको नामबाट आगामी दसैंको घटस्थापनादेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “१७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागेका हौं ।” अस्पतालको सञ्चालनको शुरुमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने प्रा.डा. न्यौपानेले बताउनुभयो । क्यान्सर सहित मल्टिस्पेशलिष्ट सेवा अस्पतालले दिने छ । उहाँले भन्नुभयो…
Read More
कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो । हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले…
Read More
महासंघ निर्वाचन : यी हुन् एसोसिएटतर्फ कार्यसमितिका १७ विजयी सदस्य

महासंघ निर्वाचन : यी हुन् एसोसिएटतर्फ कार्यसमितिका १७ विजयी सदस्य

२३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउने क्रम जारी छ । अहिलेसम्म एसोसिएटतर्फ कार्यसमिति सदस्यको नतिजा सार्वजनिक भएको छ । जसअनुसार सचिन ढकाल सर्वाधिक १ हजार ३ सय १८ मतसहित विजयी भएका छन् । हेमन्त गोल्छाले १ हजार २ सय २ मत ल्याए । त्यस्तै अम्बिकाप्रसाद पौडेलले १ हजार १ सय ८३, उज्ज्वलकुमार श्रेष्ठ १ हजार १ सय ४६, शक्तिकुमार बेगानी १ हजार १ सय ४२ र ऋषि अग्रवालले १ हजार १ सय २२ मत ल्याएर विजयी भए । यसैगरी राजेशकुमार अग्रवालले १ हजार ८२, सुयस प्याकुरेल १ हजार ६९, सुशील थापाले १ हजार ५४ मत…
Read More
राज्य कोषबाट दोहोरो सुविधा लिनेको विवरण तत्काल बुझाउन सरकारको निर्देशन

राज्य कोषबाट दोहोरो सुविधा लिनेको विवरण तत्काल बुझाउन सरकारको निर्देशन

२३ वैशाख, काठमाडौं । राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि मंगलबार गृहसँग स्पष्ट विवरण माग गरिएको हो । पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ। यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन शाहकी प्रेस…
Read More
१५ दिने तलबको असर

१५ दिने तलबको असर

नेपालको अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेको वर्तमान सन्दर्भमा सरकारले १५–१५ दिनमा तलब दिने व्यवस्था सिर्जना गरेर जनताको हातमा छिटो–छिटो आम्दानी पुर्‍याउने नीति लिएको छ। सतहमा हेर्दा यो अवधारणा निकै प्रभावकारी देखिन्छ, किनकि ठूलो संख्यामा नागरिकले जब छिटो–छिटो नियमित आम्दानी पाउँछन्, उनीहरूको क्रयशक्ति बढ्छ। बजारमा माग वृद्धि हुन्छ। र, आर्थिक गतिविधि स्वतः चलायमान हुन थाल्छ। तर यो सोचलाई व्यवहारमा रूपान्तरण गर्दा गहिरो आर्थिक संरचना, कर प्रणाली, उत्पादन क्षमता र बाह्य निर्भरतालाई समेत ध्यानमा राख्न आवश्यक हुन्छ। मानौं, २ करोड नेपालीले मासिक रु.२५,००० का दरले आम्दानी पाउने व्यवस्था भयो भने हरेक महिना करिब ५ खर्ब रुपैयाँ सिधै जनताको हातमा पुग्छ। यो रकम…
Read More
मालपोतले गर्ने काम स्थानीय तहले पनि गर्नसक्ने बाटो खुल्यो

मालपोतले गर्ने काम स्थानीय तहले पनि गर्नसक्ने बाटो खुल्यो

२२ वैशाख, काठमाडौं । स्थानीय तहलाई मालपोत कार्यालयले गरिएको काम समेत गर्नसक्ने गरी कानुनी बाटो खुलेको छ । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत मालपोत ऐन २०३४ मा संशोधन गरेसँगै मालपोत कार्यालयले गर्दै आएको कार्य स्थानीय तहले गर्न सक्ने भएका छन् । स्थानीय तहलाई मालपोत र नापी कार्य गर्नसक्ने गरी मालपोत ऐनमा दफा ८ (ग) थपिएको छ । स्थानीय तहले जग्गाको लिखत रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा गर्ने काम गर्न सक्नेछन् । स्थानीय तहले मालपोत र नापीको कार्य गर्नका लागि छुट्टै शाखा खोल्ने अधिकार ऐनले दिएको छ । स्थानीय तहमा उक्त कार्य ‘भूमि…
Read More
संवैधानिक परिषद् बैठक : ४ जनाले गणपूरक, ३ जनाले निर्णय

संवैधानिक परिषद् बैठक : ४ जनाले गणपूरक, ३ जनाले निर्णय

काठमाडौँ । राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएसँगै अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ । अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले एक पटक फिर्ता पठाएको उक्त अध्यादेश सरकारले सोमबार पुन राष्ट्रपतिलाई पठाएको थियो । सोही अध्यादेश मंगलबार जारी भएको हो । ‘संवैधानिक परिषद्मा ६ जना नै बहाल हुने तर ४ जना भएमा गणपूरक सङ्ख्या मानिने र बहुमत नभएर बराबरी भएमा प्रधानमन्त्रीले जता मत दिन्छ त्यतैको बहुमत…
Read More
आसिफको १४औं ओडीआई अर्धशतक

आसिफको १४औं ओडीआई अर्धशतक

आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गरेका छन् । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गरेका आसिफले ६६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । विनोद भण्डारी भने पहिलो बलमै आउट भए । ओमानले पहिलो ओभर मेडन राखेको थियो । त्यसपछि स्ट्राइक परिवर्तन हुँदा विनोद दोस्रो ओभरको पहिलो बलमै खाता नखोली आउट भए । त्यसपछि आसिफ र अर्जुन कुमाल मिलेर नेपालको इनिङ्स सम्हालिरहेका छन् । यो जोडीले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन…
Read More
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको छ। पार्टी प्रवक्ता मनिष झाले पार्टीको केन्द्रीय कार्यालयमा हुने बैठकका लागि नौ एजेन्डा तय गरिएको जानकारी दिए। झाका अनुसार बैठक मुख्यतया संगठनात्मक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ। प्रवक्ता झाले जानकारी दिए कि बैठक पार्टीको हालसम्मको गतिविधिहरूको बारेमा ब्रीफिंगबाट सुरु हुनेछ, त्यसपछि एक सत्र हुनेछ जहाँ २० जना केन्द्रीय सदस्यहरूलाई तल्लो तहको प्रतिक्रियाको बारेमा रिपोर्ट गर्न दुई मिनेट दिइनेछ। बैठकको प्रमुख एजेन्डामा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल समावेश छ। यसका साथै, झाले पार्टी विधानमा आवश्यक संशोधनमा गहन छलफल…
Read More