पर्यटकीय मौसमको पखाईमा सौराहाका व्यवसायी
चितवन। यहाँको होटल भिष्टा सौराहाका सञ्चालक रमेश सिलवाल होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त हुनुहुन्छ । अबको एकदुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उहाँको योजना छ । कोठाभित्रको रङ्गरोगनको काम आज सक्ने तयारीमा रहनुभएका सिलवालले भन्नुभयो, “आज साँझसम्ममा रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ”, उहाँले थप्नुभयो, “एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।” बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे । सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे…