चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडीको नयाँ भाडादर निर्धारण (भाडादरसहित)
चितवन, भदौ ३१- चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने गाडी (पिटीभी)को नयाँ भाडादर निर्धारण गरेको छ। गत भदौ ९ गते बसेको समितिको बैठकको निर्णयानुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सडकको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण ‘क’ वर्ग, ‘ख’ वर्ग र पिटिभी अनुसार दुईतर्फी भाडादर तय गरिएको हो। नयाँ तोकिएको भाडादर अनुसार ‘क’ वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पिच सडकमा प्रतिकिलोमिटर ७०, ग्राभेलमा प्रतिकिलोमिटर ७५ र कच्ची सडकमा प्रतिकिलोमिटर ८५ कायम रुपैयाँ गरिएको छ भने पहाडी भूभागमा पिचमा प्रतिकिलोमिटर ९५, ग्राभेलमा प्रतिकिलोमिटर १०० र कच्चीमा प्रतिकिलोमिटर ११० रुपैयाँ तोकिएको छ। यस्तै ‘ख’…