युनाइटेड टेक्निकल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
चितवन, असार १ – युनाइटेड टेक्निकल कलेज (यू–टेक) मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । इन्जिनियरिङ, डिजिटल प्रविधि तथा दिगो पूर्वाधार विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन हिजो (आइतबार) भएको हो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.विष्णुराज तिवारीले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा.…