नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

नगरवासीका सुझाव सुन्दै माडी नगरपालिका, सार्वजनिक सुनुवाइ सम्पन्न

चितवन, साउन १- माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वदेश एफएमको सहजीकरणमा नगरसभा हल, बसन्तपुरमा आयोजित कार्यक्रममा नगरवासीले विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, सामाजिक सुरक्षा तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका छन्। सुनुवाइमा बोल्दै माडी–७ का हरि रानाभाटले भूमिगत सिँचाइभन्दा सतही सिँचाइ प्रणालीमा लगानी बढाउन, रिचार्ज पोखरी निर्माण गर्न, जथाभावी टहरा निर्माण रोक्न, आत्महत्याका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्न, बसन्तपुर बजारको पार्किङ व्यवस्थापन गर्न तथा मगोई नदीमा व्यवस्थित दाहसंस्कार स्थल तोक्न सुझाव दिए। त्यस्तै, माडी–९…
Read More
शैक्षिक परामर्श नियमावलीविरुद्ध चितवनमा दोस्रो दिन पनि आन्दोलन, भरतपुरमा प्लेकार्डसहित प्रदर्शन

शैक्षिक परामर्श नियमावलीविरुद्ध चितवनमा दोस्रो दिन पनि आन्दोलन, भरतपुरमा प्लेकार्डसहित प्रदर्शन

चितवन, साउन १- सरकारले ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोधमा शैक्षिक परामर्श व्यवसायीहरूको आन्दोलन चितवनमा दोस्रो दिन पनि जारी रहेको छ। चरणबद्ध आन्दोलनअन्तर्गत शुक्रबार व्यवसायीहरूले सूचना–मूलक प्लेकार्ड बोकेर भरतपुरका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन्। यस क्रममा इक्यान (ECAN) चितवन को आयोजनामा भरतपुरको चौबीसकोठी क्षेत्रमा केही समय प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि सहभागीहरू इक्यान चितवनको कार्यालयमा पुगेर कोणसभा आयोजना गर्दै सरकारद्वारा ल्याइएको नियमावलीप्रति आफ्नो असहमति व्यक्त गरेका थिए। व्यवसायीहरूले नयाँ नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई अनावश्यक रूपमा प्रभावित गर्ने, सेवा प्रवाहमा जटिलता थप्ने तथा व्यवसाय सञ्चालनमा नकारात्मक असर पर्ने दाबी गरेका छन्। उनीहरूले…
Read More
राजस्व संकलनमा रत्ननगरको कीर्तिमानी सफलता, लक्ष्यभन्दा डेढ करोड बढी उठ्यो

राजस्व संकलनमा रत्ननगरको कीर्तिमानी सफलता, लक्ष्यभन्दा डेढ करोड बढी उठ्यो

रत्ननगर, साउन १- रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनतर्फ उल्लेखनीय सफलता हासिल गर्दै निर्धारित लक्ष्यभन्दा बढी राजस्व उठाएको छ। नगरपालिकाले उक्त आर्थिक वर्षमा १६ करोड ६७ लाख ३ हजार ८३६ रुपैयाँ ९३ पैसा राजस्व संकलन गरेको जनाएको छ। यो नगरपालिकाले तय गरेको करिब १५ करोड रुपैयाँको लक्ष्यभन्दा झण्डै १ करोड ६७ लाख रुपैयाँ बढी हो। वडागत रूपमा हेर्दा वडा नं. १ सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा बनेको छ। यस वडाले १ करोड २९ लाख १० हजार ९७० रुपैयाँ ८४ पैसा राजस्व संकलन गर्दै शीर्ष स्थान हासिल गरेको हो। त्यसपछि वडा नं. २ ले १ करोड १४ लाख…
Read More
हात्ती संरक्षणमा सर्वोच्चको ऐतिहासिक आदेशः खरिद बिक्रीको अभिलेख राख्नुपर्ने, बाध्न-चढ्न नपाउने

हात्ती संरक्षणमा सर्वोच्चको ऐतिहासिक आदेशः खरिद बिक्रीको अभिलेख राख्नुपर्ने, बाध्न-चढ्न नपाउने

चितवन,साउन १- सर्वोच्च अदालतले नेपालमा हात्ती संरक्षण तथा अवैध व्यापार नियन्त्रण गर्न सरकारका नाममा ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको छ। जनहित संरक्षण मञ्च (प्रो पब्लिक)का तर्फबाट अधिवक्ता संजय अधिकारीसहित प्रकृति तथा वन्यजन्तु संरक्षण अभियन्ता सृष्टि सिंह भण्डारी, बाबुराम प्रसाद यादव लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले हात्ती संरक्षण्का लागि दुरगामी महत्वको आदेश जारी गरेको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले गत पुसमा गरेको फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको छ। फैसलामा हात्ती मानवीय मनोरञ्जन वा आर्थिक आर्जनको साधन मात्र नभई उच्च बौद्धिक चेतना भएको एक संवेदनशील जीवित प्राणी भएको ठहर गर्दै उसको प्राकृतिक जीवनशैली…
Read More
चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा २२ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा २२ गैँडा मरे

चितवन, साउन १ – चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ । साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन् । अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको उहाँले जानकारी…
Read More
चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन, साउन १ – जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरुमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ६२१ जना चितवनका रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये रत्ननगर नगरपालिकाका २४६ जना, खैरहनी नगरपालिका ११७ जना, भरतपुर महानगरपालिकाका ९० जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यस्तै, राप्ती नगरपालिकाका ८२ जना, कालिका नगरपालिकाका ६९ जना, माडी नगरपालिकाका सात जना र इच्छाकामना गाउँपालिकाका १० जनामा यो रोगको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । आव २०८१/८२…
Read More
ध्रुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

ध्रुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

चितवन, साउन १- पच्चीस जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ध्रुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ । रेडियो कलरले १०–१० मिनेटमा सूचना दिइरहेको उहाँले जानकारी दिनुभयो । हात्तीलाई डार्ट गरेपछि हर्मन नियन्त्रण गर्ने औषधिसमेत चलाइएको छ । हात्तीको दुईवटै दाह्रा छ इञ्च काटिएको छ ।…
Read More
साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं, साउन १- साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो। श्रद्धालुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्था मिलाएको छ। सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो चुरा, पोते र…
Read More
चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन, असार ३२ – चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेङ्गु देखिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपािलकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेङ्गुको सङ्क्रमण देखियो । गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गुको…
Read More
चितवनको साल्ट ट्रेडिङ कर्पोरेसन शाखाद्धारा सरकारको नीतिअनुसार मल बिक्री वितरण

चितवनको साल्ट ट्रेडिङ कर्पोरेसन शाखाद्धारा सरकारको नीतिअनुसार मल बिक्री वितरण

नारायणगढ (चितवन),असार ३२– यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/ ८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिसकेको छ । हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ । थप बिक्रीका लागि कार्यालयमा सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ । हाल ५० केजी युरियाको मूल्य रु ८४७, डीएपीको रु दुई हजार २९७ र पोटासको रु एक हजार ६९७ कायम रहेको…
Read More