चितवनमा ७ हजार कुखुराको पोस्टमार्टम, १० प्रकारका रोग पहिचान

चितवनमा ७ हजार कुखुराको पोस्टमार्टम, १० प्रकारका रोग पहिचान

चितवनमा ७ हजार कुखुराको पोस्टमार्टम, १० प्रकारका रोग पहिचान

चितवन,भदौ ४- यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको छ । एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको उहाँले जानकारी दिनुभयो । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी) देखिएको उहाँले बताउनुभयो । ढुसीजन्य रोगका नौ प्रतिशत, सिसिआरडी चार प्रतिशत,…
Read More
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ४- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र…
Read More
चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवन, भदौ ३– डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ६९ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। बस्ती तथा समुदायमा प्रवेश गरेर समस्या सिर्जना गरेका वन्यजन्तुलाई उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै अजिङ्गर छन्। बस्तीमा प्रवेश गरी स्थानीयलाई समस्या बनाएका ४५ अजिङ्गरको उद्धार गरिएको हो। त्यस्तै चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको कार्यालयले जनाएको छ। बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एकवटा उद्धार गरी व्यवस्थापन गरिएको थियो। कार्यालयका अनुसार सोही…
Read More
माडीका समस्याबारे रास्वपा माडी नगर र्‍याटले गरायो तीन संघीय मन्त्रीको ध्यानाकर्षण

माडीका समस्याबारे रास्वपा माडी नगर र्‍याटले गरायो तीन संघीय मन्त्रीको ध्यानाकर्षण

भरतपुर, भदौ ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति र रास्वपा चितवन जिल्ला समितिको समन्वयमा माडी नगर ऱ्याट विभागको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर तीन मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ। टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेर माडीका समस्याहरूको दीर्घकालीन समाधानबारे ध्यानाकर्षण गराएको हो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी नगर ऱ्याट विभागले “सरसफाइबाट सुरुवात, संवादबाट समाधान” भन्ने मूल नाराका साथ आयोजना गरेको बृहत् सरसफाइ, युवा संवाद तथा समस्या सङ्कलन कार्यक्रमबाट उठेका जल्दाबल्दा विषयहरू लिएर टोली मन्त्रालय पुगेको थियो। टोलीमा माडी नगर ऱ्याट विभागको प्रतिनिधित्व गर्दै सचिव आर्यन…
Read More
चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

भरतपुर, भदौ ३- चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । भरतपुर अस्पतालका पूर्वअध्यक्ष समेत रहेका पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । भरतपुर अस्पतालकाे अध्यक्ष भएर उनले करिब चार महिना काम गरेका थिए । उनी रत्ननगरकाे स्थायी बासिन्दा हुन् । वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा पौडेलले नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा काम पनि गरेका थिए। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए । डा पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट…
Read More
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै चितवनका ५० महिला

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै चितवनका ५० महिला

नारायणगढ(चितवन),भदौ ३– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो । रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दूधको विविधिकरण डेरी पसल सञ्चालन गर्नुभएको छ । स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो । पसलमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार बिक्रीका लागि राखिएको छ । हाल मही, दूध, दही, घिउ, पनिर…
Read More
झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

झापा, भदौ ३– झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी जवान मनिष धिमाल तथा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला…
Read More
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

नारायणगढ (चितवन), भदौ ३– चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा शीथ ब्लाइट रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । “अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । फेद डढुवा…
Read More
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन, भदौ ३– डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो । समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त…
Read More
सुनचाँदीकै मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीकै मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, भदौ ३ – नेपाली बजारमा आज सुनचाँदी बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन दुई हजार ७०० रुपैयाँले र चाँदी १६० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा करोबार भएको सुनको मूल्य आज घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जानकारी दिएको छ।
Read More