संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी

संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी

संघीय सरकारबाट चितवनका सात पालिकालाई झन्डै ५ अर्ब अनुदान, भरतपुरले पाउने २ अर्बभन्दा बढी

चितवन, जेठ २६– आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले चितवनका सात स्थानीय तहलाई झन्डै ५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार प्रकारका अनुदानमार्फत उक्त रकम स्थानीय तहमा पठाइनेछ। चितवनका स्थानीय तहमध्ये भरतपुर महानगरपालिका ले सबैभन्दा बढी २ अर्ब ५ करोड १७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले विगतका वर्षको तुलनामा संघीय सरकारबाट प्राप्त हुने बजेट घटेको बताए। उनका अनुसार आन्तरिक राजस्व संकलनमा समेत कमी आएकाले विकास कार्यक्रम सञ्चालनमा चुनौती थपिने देखिएको छ। “संघीय अनुदान घटेको छ, आन्तरिक…
Read More
ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा

ब्लड डोनर्स सोसाइटीका उपाध्यक्ष धितालले दिए राजीनामा

चितवन, जेठ २६– रगतको सहज व्यवस्थापन र जनचेतना फैलाउन खुलेको सामाजिक संस्था ब्लड डोनर्स सोसाइटीमा पछिल्लो समय विवाद बढ्दै गएको छ । विवादकै बीच नेतृत्व चयन गरेको ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रीय समितिमा रहेका पदाधिकारीहरुले नै संस्था छाड्न थालेका छन् । संस्थाको उपाध्यक्षमा चयन भएका सामाजिक अभियन्ता सुरेन्द्र धितालले आफ्नो पदीय भूमिकाबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । पछिल्लो समय संस्था भित्र देखिदै आएको खिचातानी, आरोप प्रत्यारोप र निस्वार्थ भावनाले सेवा गर्ने व्यक्तिहरु प्रति गरिएका अपमानजनक व्यवहारका कारण राजीनामा दिएको धितालले बताए । उनले लेखेका छन्–‘विगत…
Read More
चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

नारायणगढ (चितवन), जेठ २६ – चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।” कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट…
Read More
बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

चितवन, जेठ २६ – चितवनको भरतपुर महानगरपालिका–१० स्थित शिव शम्भु मिष्ठान्न भण्डारलाई बासी तथा सडेगलेका खाद्य पदार्थ उपभोक्तालाई खुवाएको भन्दै बन्द गराइएको छ। भरतपुर महानगरपालिकाको बजार अनुगमन टोलीले यसअघि उक्त मिष्ठान्न भण्डारलाई जरिवाना गर्दै सुधारका लागि निर्देशन दिएको थियो। साथै, पटक–पटक मौखिक रूपमा सावधानी अपनाउन र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न सचेत गराइएको भए पनि व्यवसायीले निर्देशनको पालना नगरेको अनुगमन टोलीले जनाएको छ। उपभोक्तालाई बासी तथा सडेगलेका खाजा तथा खाना खुवाइरहेको गुनासो आएपछि आज प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त अनुगमन टोलीले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा पहिले देखिएका कमजोरीहरू पुनः दोहोरिएको र खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको…
Read More
मुस्ताङको स्वाद चितवनमै, क्षेत्रपुरमा खुल्यो ‘लिम्बा थकाली’

मुस्ताङको स्वाद चितवनमै, क्षेत्रपुरमा खुल्यो ‘लिम्बा थकाली’

चितवन, जेठ २६– थकाली परिकारका पारखीका लागि चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा ‘लिम्बा थकाली’ संचालनमा आएको छ । पछिल्लो समय थकाली खाना खानका लागि शहर भरि भौतारिदाँ पनि उपभोक्ताले भने जस्तो स्वाद पाउन नसकेको अवस्थामा ‘लिम्बा थकाली’ संचालनमा ल्याइएको संचालक कृष्ण पौडेलले जानकारी दिए । लिम्बाको अर्थ मीठो हो । त्यहीँ मीठो थकालीको रुपमा रेस्टुरेन्ट संचालनमा ल्याइएको पौडेलले बताए । रेस्टुरेन्ट शुभारम्भको अवसरमा जेठ २७,२८,२९ गते तीन दिन विशेष अफर ल्याइएको छ । यो अवधीमा आउने ग्राहकहरुले अर्को पटक आउनका लागि २० प्रतिशत छुटको कुपन प्राप्त गर्ने छन् । ग्राहकहरुलाइ शुद्ध थकालीको स्वाद पस्किनका लागि मुस्ताङबाट नै सेफ ल्याइएको छ ।…
Read More
चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

चितवन, जेठ २६- चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ । अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा डा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो । डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो । कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा…
Read More
बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

चितवन, जेठ २६ – चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटका प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका प्रतिनिधको उपस्थितीमा आफ्नो सभाहलमा सोमबार वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघले अघि सारेका आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले संघीय राजधानी रहेको बागमती प्रदेशका सम्भावनाहरू अझै पर्याप्त रूपमा उजागर हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महासंघलाई आग्रह गरे। चितवन उद्योग वाणिज्य संघका…
Read More
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

चितवन, जेठ २५- प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
Read More
हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्‍यो

हुवावेले चितवनमा इन्टरप्राइज आईसीटी समाधान सार्वजनिक गर्‍यो

चितवन, जेठ २५- हुवावे नेपाल र एस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि.को संयुक्त आयोजनामा चितवनको भरतपुरमा “डिजिटल रूपान्तरणमार्फत उद्यम सशक्तिकरण” विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हुवावेले आफ्नो नवीनतम इन्टरप्राइज आईसीटी समाधानहरू प्रस्तुत गर्दै विभिन्न उद्योग तथा संस्थाहरूलाई डिजिटल प्रविधिमार्फत अझ सुरक्षित, प्रभावकारी र स्मार्ट बनाउने उपायहरूबारे जानकारी दिएको हो। सत्रहरूमा आधुनिक क्याम्पस नेटवर्किङ, साइबर सुरक्षा, साना तथा मझौला व्यवसायका लागि Huawei eKit समाधान, उन्नत आईटी पूर्वाधार तथा डिजिटल रूपान्तरणका व्यावहारिक पक्षहरूमा प्रस्तुति तथा छलफल गरिएको थियो। हुवावे नेपालका प्रतिनिधिहरूले डिजिटल रूपान्तरणले उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए। उनीहरूले भरपर्दो आईसीटी पूर्वाधारले सेवा प्रवाह, सुरक्षा र…
Read More
संसद्‌बाटै मागियो अर्थमन्त्रीमाथि संसदीय छानबिन

संसद्‌बाटै मागियो अर्थमन्त्रीमाथि संसदीय छानबिन

चितवन, जेठ २५- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ । ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?,’ शाहीले प्रश्न गरेका छन् । देशका जम्मा तीन जना मान्छेलाई…
Read More