कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

चितवन, भदौ १६ – पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको…
Read More
सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौं , भदौ १६ – नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ६२ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ…
Read More
अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा छलफल

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा छलफल

काठमाडौं, भदौ १६ – रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा शवलाई जमिनमा राखेर व्यवथापन गरिएको थियो। काठमाडौंमा पनि क्षमताभन्दा बढी शव थुप्रिन थालेपछि यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको हो। क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे छलफल थालिएको छ । जिल्ला सुरक्षा समितिका साथै चिकित्सकहरुसँग समेत परामर्श गरेर अहिले शव व्यवस्थापनबारे छलफल सुरु गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले शव व्यवस्थापनको छलफलमा केन्द्रित रहेको प्रशासनले बताएको छ। चितवनकै जस्तो जमीनमुनि शव राखेर व्यवस्थापन गर्नेगरी छलफल थालिएको छ। यसको…
Read More
खैरहनी उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई १ लाख ४२ हजार राहत

खैरहनी उद्योग वाणिज्य संघद्वारा बाढीपीडितलाई १ लाख ४२ हजार राहत

चितवन, भदौ १६ – बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उद्योग वाणिज्य संघ खैरहनीले १ लाख ४२ हजार रुपैयाँ सहयोग गरेको छ । संघले संकलन गरेको रकम नेपाल उद्योग वाणिज्य महासंघको खातामा जम्मा गरिनेछ । महासंघमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिने संघका कार्यवाहक अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । लम्सालका अनुसार संघले गरेको यो सहयोग पहिलो चरणको हो । बाढी तथा डुबानबाट प्रभावित नागरिकलाई थप राहत उपलब्ध गराउने उद्देश्यले दोस्रो चरणमा समेत सहयोग संकलन तथा वितरण गरिने उनले बताए । संघले विपद्का कारण प्रभावित नागरिकको राहत र उद्धारमा आफ्नो तर्फबाट निरन्तर…
Read More
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन, भदौ १६ – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ भरिने भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी बर्दघाट–सुस्तापूर्व जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उहाँको बताउनुहुन्छ । सङ्घका सदस्यसमेत रहनुभएका…
Read More
भोटेकोशी बाढीः ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

भोटेकोशी बाढीः ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौँ, भदौ १६- रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।…
Read More
बाढीपीडितका लागि एमाले १ करोड २० लाख रुपैयाँ संकलन गर्ने

बाढीपीडितका लागि एमाले १ करोड २० लाख रुपैयाँ संकलन गर्ने

काठमाडौं, भदौ १५ – नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए । ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ । तर…
Read More
बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

काठमाडौं ,भदौ १५ - नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए । जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। उनका अनुसार अहिलेसम्म भारत, चीन, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहतका सामग्री प्राप्त भएका छन्। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप…
Read More
रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

काठमाडौं, भदौ १५- रसुवा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ । तर, बाढी आउँदा सुरुङभित्र ड्युटीमा रहेका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् । सुरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको दाबी गरिएको छ । खोजीमा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ । तर, सुरुङभित्र ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था भने अझै अज्ञात छ । यसले उनीहरू बाढीका बेला कहाँ गए भन्ने प्रश्न उठेको छ । सुरुङभित्र खोजी गर्दा कोही…
Read More
हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह

हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, भदौ १५- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि अत्यावश्यक अवस्थामा मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ । सोमबार जारी गरेको सूचनाअनुसार प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली तीन हजार ३४४ जनाको हवाई उद्धार भइसकेको जनाएको छ । तर न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले यस्तो अवस्थामा सीमित हवाई स्रोतको दुरुपयोग हुन नदिन आग्रह गरेको हो । प्राधिकरणले आपतकालीन अवस्थामा हेलिकोप्टरलाई अत्यावश्यक खोज तथा उद्धार र राहत सामग्री ढुवानीमा मात्र प्रयोग गर्नुपर्ने…
Read More