चाउचाउ उद्योगको दुई तलामाथिबाट खसेर कामदारको मृत्यु

चाउचाउ उद्योगको दुई तलामाथिबाट खसेर कामदारको मृत्यु

चाउचाउ उद्योगको दुई तलामाथिबाट खसेर कामदारको मृत्यु

चितवन । चितवनकाे रत्ननगर वडा नं–१४, पिठुवास्थित चाउचाउ उद्योगमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ । स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री) मा काम गर्ने कर्मचारी रत्ननगर–१४ बस्ने ५५ वर्षीय बलबहादुर गुरूङ सोही उद्योगमा बिजुलीको काम गर्ने क्रममा एक्कासि दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए । शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका गुरूङलाई उपचारका लागि बकुलहर रत्ननगर अस्पताल, टाँडी ल्याइएकोमा निजको उपचारको क्रममा मंगलबार मध्याह्न १२ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
सुनचाँदी पसल लुटपाट प्रकरण : सञ्चालककै याेजनामा चाेरी, पाँच जना पक्राउ

सुनचाँदी पसल लुटपाट प्रकरण : सञ्चालककै याेजनामा चाेरी, पाँच जना पक्राउ

चितवन। चितवनकाे कालिका नगरपालिका–६ खोलेसिमलस्थित एक सुनचाँदी पसलमा असार १ गते राति ८ः२० बजेको समयमा लुटपाट भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको नाटक गर्ने पसल सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लुटपाट भएको भनिएको विनोद सुनचाँदी पसलका सञ्चालक कालिका–६ बस्ने ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका मेनेजर कालिका–७ बस्ने २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ बस्ने ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ बस्ने १८ वर्षीय पवन कुमार पासवान र चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६ बस्ने ४२ वर्षीय अञ्जना…
Read More
कांग्रेस र एमालेको सत्ता सहकार्य : राजनीतिक वृत्त तरङ्गित

कांग्रेस र एमालेको सत्ता सहकार्य : राजनीतिक वृत्त तरङ्गित

काठमाडाैं । देशका दुई प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको गम्भीर संवादले यतिखेर राजनीतिक वृत्त निकै तातिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आआफ्ना गठबन्धनको निर्माणपछि लामो समयसम्म संवाद अवरूद्ध रहेकोमा शनिबार बालकोटमा झन्डै ३ घन्टासम्म गम्भीर कुराकानी भएको थियो, जसलाई अहिले विभिन्न कोण र प्रतिकोणबाट व्याख्या र विश्लेषण गरिँदै छ । धेरै समयपछि दुवै नेताबीच लामो समयसम्म भएको भेटवार्ताले अहिले विशेषगरी माओवादी केन्द्र सशङ्कित बन्न पुगेको छ । त्यही आशङ्कालाई चिर्ने उपक्रममा आइतबार र सोमबार एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको भेटसमेत भएको छ । देउवा र…
Read More
मासु पसलमा चरम लापरबाही : रत्ननगरका चार मासु पसल सील

मासु पसलमा चरम लापरबाही : रत्ननगरका चार मासु पसल सील

चितवन । चितवनको रत्ननगर स्थित टाँडी बजारका अधिकाँस माछा तथा मासु पसलका सञ्चालकहरुले मासुको खरिद विक्रीमा लापरबाही गरेको पाइएको छ । मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको छ भने केही पसलहरु अबैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको हो । रत्ननगर नगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा मासु पसलको अधिकाँस मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको उपमेयर यादब प्रसाद पाठकले जानकारी दिनुभयो । यहाँका अधिकाँस मासु पसलहरुमा सरसफाई नभएको पाइएको छ । पशुवथ गर्ने ठाउँ र विक्रीका लागि मासु राख्ने ठाउँमा फोहोर भेटिएको छ । मन्जुर आलम मासु पसलको फ्रिजमा कुहिएको मासु भेटिएको छ । झण्डै एक महिना अघि काटेको खसीकोको मासु लामो…
Read More
एक महिनामा  भित्रिए ७६ हजार विदेशी पर्यटक   

एक महिनामा  भित्रिए ७६ हजार विदेशी पर्यटक   

काठमाडौँ, १८ असारः सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना…
Read More
ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

काठमाडौँ, १८ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गर्नुभएको छ । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख गर्नुभएको छ । एमाले र कांग्रेसबीच यस सम्बन्धमा सहमति भएको हो ।
Read More
 रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने   

 रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने   

काठमाडौँ, १८ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने वित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ ।” दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको उल्लेख गर्नुभयो ।
Read More
  पोखरीमा डुबेर दुई बालकको मृत्यु   

  पोखरीमा डुबेर दुई बालकको मृत्यु   

सिरहा, १८ असार : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।
Read More
भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान   

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान   

चितवन, १८ असार : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उहाँले आएको बताउनुभयो । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
Read More
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
Read More