मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो । थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्‍याएपछि नियमित प्रसारण भइरहेको विद्युत् ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा थासाङ-२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युत्का खम्बामा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो । कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा…
Read More
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । काठमाडौँको भृकुटीमण्डमा आज भएको बन्दसत्रमा उहाँले प्रस्तुत गर्नुभएको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । रासस
Read More
कालिका पावरले एकै वर्षमा कमायो ९ करोड ८४ लाख

कालिका पावरले एकै वर्षमा कमायो ९ करोड ८४ लाख

कालिका पावर कम्पनी लिमिटेडको नाफा बढ्दै गएको छ । अघिल्लो वर्षभन्दा गत आर्थिक वर्ष कालिका पावरले एक करोड ३५ लाख १३ हजार ७७० रुपैयाँ नाफा गरेको हो । आर्थिक वर्ष २०८०/०८१मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपैयाँ नाफा गरेको कम्पनीले गत आव २०८१÷०८२मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ नाफा गरेको गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव ५४ प्रतिशत हो । यो अन्य विद्युत आयोजनाको भन्दा राम्रो रहेको कम्पनीले दावी गरेको छ । कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई ७ प्रतिशत बोनस सयेर दिने निर्णय गरेको छ । भरतपुरमा सोमबार भएको १८ औँ वार्षिक साधारणले…
Read More
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ । आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन विसं २०७८ ९मङ्सिर २४ देखि २८० देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको विघटन गर्ने र कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ । यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ । यसैगरी, ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय…
Read More
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो । राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताउनुहुन्छ । देश निर्माणका संवाहक…
Read More
गण्डकीमा महिला मतदाता बढी

गण्डकीमा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको सङ्ख्या नौ लाख ५५ हजार ५१६ छभने पुरुषको मतदाताको सङ्ख्या नौ लाख १४ हजार ५३५ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । जिल्लागत रूपमा गोरखाबाहेक प्रदेशका १० वटै जिल्लामा महिला मतदाताको सङ्ख्या बढी रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । गोरखामा एक लाख १४ हजार ८३७ पुरुष र एक लाख १४ हजार २२० महिला मतदाता कायम भएका छन् । मनाङमा तीन…
Read More
देउवाले भने- पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

देउवाले भने- पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता-कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने । विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ ।
Read More
सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुदैँछ ?

सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि, कतिमा कारोबार हुदैँछ ?

नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन चार हजार १०० रुपैयाँ बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो (आइतबार) सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १९५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
Read More
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि…
Read More
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ : असिम शाह

‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ : असिम शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उहाँको भनाइ छ । “मेयर शाह र सभापति लामिछानेको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवै जना बैकल्पिक शक्तिका रुपमा उदाएकाले उहाँहरुको बीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ”, रासससँगको कुराकानीमा शाहले भन्नुभयो । दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफूलगायतले…
Read More