मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल…
Read More
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । रासस
Read More
सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ । रासस
Read More
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्छः दानबहादुर कार्की

भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्छः दानबहादुर कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी अझ क्रियाशील भई कार्यसम्पादन गर्न निर्देशन…
Read More
सुनको भाउ दुई हजार ९०० घट्यो , कतिमा हुदैँछ कारोबार ?

सुनको भाउ दुई हजार ९०० घट्यो , कतिमा हुदैँछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार…
Read More
न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य तीव्र

न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य तीव्र

न्यूजिल्यान्डको उत्तरी आइल्यान्डस्थित माउन्ट माउगानी पर्वतको आधार शिविरको क्याम्पिङ स्थलमा पहिरो जाँदा कयौँ बेपत्ता भएका छन् । पहिरो स्थानीय समयअनुसार बिहान ९ः३० बजे गएको बताइएको छ । पहिरो खसेर क्याम्पर भ्यान, कार, टेन्ट, शौचालय र नुहाउने ठाउँसम्म आइपुगेको बताइएको छ । बेपत्ता भइरहेकामध्ये कम्तीमा एक जना बालक रहेको आकस्मिक व्यवस्थापन मन्त्री मार्क मिचेलले भनेका छन् । पहिरो भित्र फसेकाहरूको जीवित उद्धार गर्न उद्धारकर्मीहरूले माटो खोस्रिरहेको भएपनि अहिलेसम्म कसैको पनि उद्धार नभएको बताइएको छ । न्युज नेपाल एजेन्सी
Read More
करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा कूल रु नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाखको वस्तु आयात हुँदा रु एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ ।…
Read More
भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना

भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना

भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेको छ । उक्त विमान मंगलबार दिउँसो दुर्घटनामा परेको हो । सञ्चारमाध्यमका अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार दुर्घटनामा परेको विमान एम ११६ हो । विमानमा सवार दुई पाइलट प्यारासुटबाट तलाउमा हाम फालेका समाचारमा उल्लेख गरिएको छ । दुवैलाई स्थानीयले उद्धार गरेको र अवस्था स्थिर रहेको बताइएको छ । ‘चालक दलका दुई सदस्यसहितको वायुसेनाको सानो विमान आज दिउँसो १२ बजे प्रशिक्षण मिसनमा थियो । यसलाई आपतकालीन अवतरण गर्नुपर्‍यो । दुवै चालक दलका सदस्यहरू सुरक्षित छन्’ पीआरओ डिफेन्स विङ्ग कमान्ड देबार्थो धरले भने ।
Read More
हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो । यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो । लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् । माघ महिनाको पहिलो सातासम्म हिमपात नहुँदा यहाँका किसान चिन्तामा परेका छन् । यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे । तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ । त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन् । हिउँद याममा हिमपात…
Read More
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट…
Read More