चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा
चितवन । जिल्लामा विपदबाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपदबाट एक लाख २८ हजार पाँच सय ६५ जना प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमान गरेको छ । समितिले तयार पारेको मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०८१ अनुसार जिल्लाका सात पालिकामा विभिन्न नदी र खोलाबाट हुने डुबान र कटानको अनुमानित विवरण लिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिनुभयो । भुसालको संयोजकत्वमा गठित प्रतिकार्य योजना तयारी समितिले विपद् व्यवस्थापन समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी राप्ती नगरपालिकामा कटान तथा डुबानबाट नौ हजार आठ सय ६० परिवारका ५० हजार नौ सय…