जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ ।
Read More
एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा…
Read More
राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा…
Read More
पूर्वी चितवनको विकासका लागि निजी क्षेत्रको समन्वय समिति गठन

पूर्वी चितवनको विकासका लागि निजी क्षेत्रको समन्वय समिति गठन

रत्ननगर । पूर्वी चितवनको विकासको लागि निजीक्षेत्रबाट समन्वय समिति गठन गरिएको छ । पूर्वी चितवनको आर्थिक तथा सामाजिक विकासको लागि गुरुयोजना निर्माण तथा तीन तहको सरकारसंग पहल गर्न गरी पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समिति गठन गरिएको हो । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको नेतृत्वमा समन्वय समिति गठन गरिएको हो । समितिको सह संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्य सचिवमा उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरु राप्ती उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष ओम डल्लाकोटी, रेष्टुरेण्ट एण्ड बार एसोसियसनका अध्यक्ष धु्रव गिरी, साना पर्यटन…
Read More
हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
Read More
नुवाकाेटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

नुवाकाेटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
Read More
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको ढुंगासहितको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा एकतर्फी खुलेको छ ।
Read More
इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

इस्माइलको हत्यापछि सिनवार बने हमासको नयाँ नेता

काठमाडौँ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएपछि सिनवारलाई नयाँ नेता चयन गरिएको हो । २०१७ देखि, सिनवार गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका छन र अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ । बिबिसीका अनुसार हमास नेतृत्वले सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको छ । इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताइरहेका बेला हमासले आफ्नो नयाँ नेता छानेको छ । इरान र उसका सहयोगीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहराएका छन्…
Read More
राप्तीकाे मेयर र उपमेयरको कार्यकक्षकाे ताला खुल्याे

राप्तीकाे मेयर र उपमेयरको कार्यकक्षकाे ताला खुल्याे

चितवन ।  राप्ती नगरपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला आज बुधबार खोलिएको छ । कार्यपालिका बैठक र नगर सभाकाे माग गर्दै जनप्रतिनिधिले फागुन ९ गते ताला लगाएका थिए ।  जनप्रतिनिधि बीचको विवाद समाधान गर्न  नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बीच भएको छलफलमा कार्यपालिका बैठक डाक्ने निर्णय भएपछि ताला खोलिएको राप्ती ८ का वडा अध्यक्ष पूर्ण आचार्यले जानकारी दिनुभयाे । कार्यपालिका बैठक यहि २५ गते डाकिएको छ । राप्तीमा अघिल्लो बर्षको असोज देखि कार्यपालिका बैठक बस्न सकेको छैन भने हिउँदे नगर सभा र बजेट अधिबेशन हुन सकेको छैन ।  राप्ती ८ का वडा अध्यक्ष आचार्य,१२ का वडा…
Read More
राेटरीद्वारा मुसहर बालबालिकाकाे स्वास्थ्य परीक्षण

राेटरीद्वारा मुसहर बालबालिकाकाे स्वास्थ्य परीक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेकाे राेटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । राटरी क्लव अफ रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, राेट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत मुसहर बालबालिकाकाे स्वास्थ्य रक्षाकाे लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयाेजना गरेका हुन । शिविरमा ५१ जना बालबालिकाे स्वास्थ्य परीक्षण गरि निःशुल्क औ षधि समेत वितरण गरिएकाे राेटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकाेटा घिमिरेले जानकारी दिइन् । परीक्षणका क्रममा बालबालिकाहरु कुपाेषण, छालाकाे राेग, ज्वराे, कानकाे समस्या, चिलाउने, लगायतका राेगले ग्रसित रहेकाे र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएकाे उनले जानकारी दिइन् । राेटरीले बालबालिकाकाे स्वास्थ्य परीक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य सचेतना…
Read More