चेपाङ बालबालिकासंग प्रेस युनियनको दर

चेपाङ बालबालिकासंग प्रेस युनियनको दर

चेपाङ बालबालिकासंग प्रेस युनियनको दर

चितवन, २० भदौ । नेपाल प्रेस युनियन चितवनले चेपाङ् बालबालिकालाई दर खुवाएको छ । हरितालिका तिजको अबसरमा युनियनले आज रत्ननगर नगरपालिका वडा नम्बर ११ मा रहेको गामबेशीको चेपाङ् संरक्षण केन्द्रमा रहेका १५० जना बालबालिकालाई लट्टे खुवाएको हो । हरेक चाडपर्बमा मासु भात मात्रै खाने गरेका यहाँका बालबालिकालाई यो परिकार नौलो मानेर खाएका थिए । यस केन्द्रमा ४८ जना छात्रा र १०२ जना छात्रले लस्करै लाईन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरु मध्ये शहीद स्मृति क्याम्पसमा तीन जना, नेपाल माविमा पाँच जना, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ जना र बाँकी पञ्चकन्या मावि…
Read More
‘फलेकसीकाटोका’को सङ्क्रमण देखिएपछि किसान चिन्तित

‘फलेकसीकाटोका’को सङ्क्रमण देखिएपछि किसान चिन्तित

नवलपरासी, २० भदौ। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको सङ्क्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख…
Read More
वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

वीरगञ्ज (पर्सा), २० भदौ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताउनुभयो । “विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव…
Read More
निजामती सेवा दिवसका अवसरमा सरसफाइ

निजामती सेवा दिवसका अवसरमा सरसफाइ

गण्डकी, २० भदौ । निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका…
Read More
मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

महेन्द्रनगर (धनुषा), २० भदौ। धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह छन् । मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान पुगेका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशंका गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ । साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना…
Read More
आज तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं,२० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
Read More
आज तीजको दर खाने दिन

आज तीजको दर खाने दिन

काठमाडौं, २० भदौ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला आज दर खाने तयारीमा छन्। दर खाने खास दिन आज भएपनि एक हप्ता अगाडि देखि नै दर खाने विकृति भित्रिएको छ । भाेलि (शुक्रवार) हरितालिका तीजकाे दिन सार्वजनिक बिदा रहेकाे छ । दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परेको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो। भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ। दरका लागि…
Read More
ओली सरकारलाई घेराबन्दी गर्ने प्रयासमा प्रचण्ड

ओली सरकारलाई घेराबन्दी गर्ने प्रयासमा प्रचण्ड

काठमाडौं,२० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने प्रयासमा विपक्षी दलहरू लागेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विपक्षी दलहरूको संयुक्त मोर्चा बनाई ओली नेतृत्वको सरकारलाई घेराबन्दी गर्ने कसरतमा जुटेका हुन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संयुक्त सरकारले आगामी दिनमा गर्न लागेको संविधान संशोधनबाट विपक्षी दलहरू सशंकित छन् । कांग्रेस र एमालेबीचमा भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय पनि समेटिएको छ । सो विषयमा उल्लेख गर्दै एमाले महासचिव शंकर पोखरेलले संविधान संशोधनमार्फत थ्रेस होल्ड ३ बाट १० प्रतिशत पु¥याउने सार्वजनिक कार्यक्रममै पटकपटक भन्दै आएका छन् । राजधानी…
Read More
आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

काठमाडौं, २० भदौ। सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार एक सय ५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार…
Read More
रत्ननगरमा नेवारी भाषा प्रशिक्षण सुरु

रत्ननगरमा नेवारी भाषा प्रशिक्षण सुरु

रत्ननगर । रत्ननगरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेवाःदेय् दबु जिल्ला समिति र रत्ननगर समितिको आयोजना तथा भिंज खल: र नेवा मैंज पुज रत्ननगरको सहयोगमा बुधबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो । असोज ४ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २५ जना प्रशिक्षार्थी रहेका छन् । पछिल्लो समयमा नेवारी भाषा लोप हुन थालेको भन्दै भाषाको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको भिंज खलः रत्ननगरका अध्यक्ष गोबिन्द कृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी रत्ननगरका मेयर प्रलाद सापकोटाले भाषा ,संस्कृति जाेगाउन गरिएको कार्यक्रम ले भाषा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेवाःदेय् दबु रत्ननगर नगरकमिटीका अध्यक्ष श्याम कुमार…
Read More