चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन निकुन्ज भित्रको आर्मीको पोष्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर ‘रोनाल्डो’ हात्तीको मृत्यु

चितवन, असोज ३- चितवन राष्ट्रिय निकुञ्जको बिसहजारी तालनजिक मृत अवस्थामा भेटिएको रोनाल्डो हात्ती करेन्ट लागेर मृत्यु भएको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा घटनास्थलमै हात्तीको मृत्यु भएको हो । ‘आर्मीको वरण्डाभार पोष्टमा करिव १७ फिट माथिबाट विद्युतको कालो तार लागिएको थियो । त्यो तारलाई हात्तीले खाँदा करेन्ट लागको देखिन्छ,’ सूचना अधिकारी थापामगरले भने,‘कालो तार हात्तीको मुखमा नै थियो ।’ उनका अनुसार हात्ती सडकमा नै मरेको अवस्थामा फेला परेको हो । हात्ती हिजो राति मरेको उनको अनुमान छ । हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोष्ट सात सय…
Read More
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

चितवन, असोज ३ – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। रोनाल्डो आज बिहान बरन्डाभार क्षेत्रमा मृत फेला परेको हो। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण खुल्ने जनाइएको छ।
Read More
माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

काठमाडौँ असोज २ – रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो। उद्धारका क्रममा ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ। टोलीका अनुसार सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण…
Read More
जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन, असोज २ – चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।” यही असोज…
Read More
हिजो घटेको सुनको मूल्य आज फेरी ३ हजार ६ सय रुपैयाँले बढ्यो

हिजो घटेको सुनको मूल्य आज फेरी ३ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, असोज २ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।
Read More
चितवनमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

चितवनमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

भरतपुर,असोज २- चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा तेल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.१ ख ६६०१ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१० निवासी करिब ३२/३३ वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २८/२९ वर्षीय नसिब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । उपचारका क्रममा शक्ति चौधरीलाई बेलुका ८ः४० बजे र नसिब चौधरीलाई ८ः४८ बजे चिकित्सकले मृत…
Read More
दैवी प्रकोप उद्धार कोषमा होटल पौवाद्धारा ११ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा होटल पौवाद्धारा ११ लाख सहयोग

चितवन , असोज १ – होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भोटेकोशी बाढीपछिको विपद्को समयमा राहत र पुनर्स्थापनाका लागि होटल पौवाले राहत कोषमा सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले विपद् बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट हुने सहयोग महत्वपूर्ण हुने बताए । होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले सबै पौवाका सञ्चालक,…
Read More
बाढी प्रभावित नुवाकोटमा चितवन रोटरी क्लबको नमुना कदमः २० हजार वाटको सोलार जडानपछि खानेपानी र सिँचाइ सहज

बाढी प्रभावित नुवाकोटमा चितवन रोटरी क्लबको नमुना कदमः २० हजार वाटको सोलार जडानपछि खानेपानी र सिँचाइ सहज

चितवन, असोज १– बाढीपीडित राहत कार्यक्रमअन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका–८ र ९ स्थित शुनाखेती लिफ्ट खानेपानी तथा सिँचाइ योजनामा २० हजार वाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ। विद्युत् अभावका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलार प्रणाली जडान भएपछि खानेपानी तथा सिँचाइ सेवा नियमित सञ्चालनमा आएको हो। क्लबले निर्माण सम्पन्न गरेको उक्त सोलार प्रणाली उपभोक्ता समितिलाई हस्तान्तरणसमेत गरेको छ। चितवन रोटरी क्लबको प्राविधिक तथा व्यवस्थापकीय सहयोग तथा अस्ट्रेलियामा रहेका मानबहादुर तामाङको आर्थिक सहयोगमा सोलार प्रणाली निर्माण गरिएको हो। उक्त योजनाबाट करिब ३ सय घरपरिवार, त्रिशूली प्रादेशिक अस्पताल, तीनवटा सामुदायिक विद्यालय तथा पाँचवटा…
Read More
स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

चितवन, असोज १– चितवनमा पछिल्लो समय रक्तदान कार्यक्रमहरु निरनतर हुन थालेका छन् । रक्त अभियन्ताहरुले रक्तदानको क्षेत्रलाई फराकिलो गर्दै लैजान थालेपछि रक्तदानका कार्यक्रमहरु बढ्दै गइरहेका छन् । १० वर्ष अघि चितवनमै मृत्यु संस्कारमा पनि रक्तदानको कार्यक्रम सुरुवात गरिएको थियो । अहिले त्यसले निरन्तरता पाउँदै गइरहेको छ भने स्मृति दिवसमा पनि रक्तदानले प्राथमिकता पाइरहेको छ । करिव २ दशकदेखि रक्तअभियानमा सक्रिय हुँदै आइरहेका वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुवा खिमानन्द न्यौपानेको तेस्रो स्मृतिमा वृहत रक्तदान कार्यक्रम हुन लागेको छ । यही शनिबार विहान ७ बजेदेखि भरतपुरस्थित चौविसकोठी चोकमा रक्तदान कार्यक्रम गर्न लागिएको न्यौपानेले जानकारी दिए ।…
Read More
कन्सल्टेन्सी दर्तामा नयाँ व्यवस्था लागू, नयाँलाई ३५ दिन र पुरानालाई असोज २५ सम्मको समय

कन्सल्टेन्सी दर्तामा नयाँ व्यवस्था लागू, नयाँलाई ३५ दिन र पुरानालाई असोज २५ सम्मको समय

चितवन,असोज १- शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ नियमावलीअनुसार शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता र अनुमति लिन अनलाइन आवेदन माग गरेको छ। प्रदेश वा स्थानीय तहबाट अनुमति पाएका संस्थाले असोज २५ भित्र र अन्य संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ, नयाँ निवेदकलाई पाँच हजार रुपैयाँ दस्तुर तोकिएको छ। इक्यानले नयाँ नियमावली संशोधन गरेर मात्रै कार्यान्वयन गर्न माग गर्दै आएको छ भने मन्त्रालयले नियमावलीअनुसार अनलाइन दर्ता तथा अनुमति प्रक्रिया अघि बढाइसकेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालन गर्ने संस्थालाई नयाँ नियमावलीअनुसार दर्ता तथा अनुमति प्रक्रियामा ल्याउन अनलाइन आवेदन खुला गरेको छ।…
Read More