झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

झापा, भदौ ३– झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी जवान मनिष धिमाल तथा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला…
Read More
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

नारायणगढ (चितवन), भदौ ३– चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा शीथ ब्लाइट रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् । नगरपालिकाका कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डढुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् । अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाट्टफुट्ट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धानबालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । “अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन । केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ । हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ”, कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । फेद डढुवा…
Read More
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन, भदौ ३– डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै चारवटा चित्तल, रतुवा तीन, धामन सर्प तीन, गोही दुई, मयुर दुई, लाटोकोसेरो दुईवटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल –एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको हो । समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त…
Read More
सुनचाँदीकै मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीकै मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, भदौ ३ – नेपाली बजारमा आज सुनचाँदी बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन दुई हजार ७०० रुपैयाँले र चाँदी १६० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा करोबार भएको सुनको मूल्य आज घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जानकारी दिएको छ।
Read More
प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता, द्विपक्षीय हितबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय सेनाध्यक्ष सेठबीच भेटवार्ता, द्विपक्षीय हितबारे छलफल

काठमाडौं, भदौ २ – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा दुई पक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका भारतीय स्थल सेना प्रमुख सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललेबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । नेपाल र भारतबीचको सैन्य सम्बन्धमा लामो समयदेखि कायम रहेको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।…
Read More
राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं, भदौ २ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहनकुमार शाक्यले राष्ट्रिय गौरवका छवटा सिँचाइ तथा जलस्रोत आयोजनामध्ये पाँचवटा आयोजना आगामी पाँच वर्षभित्र र दुईवटा आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको जानकारी दिए। उनका अनुसार मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, सल्लाहकार तथा सचिवालयका प्रतिनिधि, आयोजना प्रमुख र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा उपमहानिर्देशकसहितको बैठकले आयोजनाको प्रगति, समस्या, चुनौती र सम्पन्न गर्ने समयसीमाबारे छलफल गरेको हो। सहसचिव शाक्यले भने, ‘राष्ट्रिय गौरवका केही आयोजनाहरूलाई आगामी…
Read More
भरतपुरको मेयरमा उठ्न लागेको’ भनि फोटो दुरुपयोग गर्नेविरुद्ध साइबर व्युरोमा उजुरी दिँदै चितवनका सिडिओ अर्याल

भरतपुरको मेयरमा उठ्न लागेको’ भनि फोटो दुरुपयोग गर्नेविरुद्ध साइबर व्युरोमा उजुरी दिँदै चितवनका सिडिओ अर्याल

भरतपुर, भदौ २- चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो फोटो दुरुपयोग गर्ने व्यक्तिहरु विरुद्ध साइबर व्युरोमा उजुरी दिने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा केहि व्यक्तिहरुले ‘सिडिओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्दै’ भनि भ्रामक कन्टेन्ट हालेका थिए । भ्रामक र कपोकल्पिक कन्टेन्ट हाल्ने व्यक्तिहरु विरुद्ध उजुरी दिन लागेको अर्यालले जानकारी दिएका छन् । ‘रुटिन अफ चितवन बन्द’ नामक फेसबुक पेज लगायत केहि व्यक्तिहरुले अर्यालको फोटो प्रयोग गरी भरतपुरको मेयरमा चुनाव लड्न लागेको भनि लेखेका थिए ।
Read More
ठिमुराको भाइरल घरसँगै रहेको रिसोर्ट नयाँ व्यवस्थापनमा, होटल रिभरसाइड रिट्रिटका नाममा सञ्चालनमा आयो

ठिमुराको भाइरल घरसँगै रहेको रिसोर्ट नयाँ व्यवस्थापनमा, होटल रिभरसाइड रिट्रिटका नाममा सञ्चालनमा आयो

चितवन, भदौ २- भरतपुर महानगरपालिका–१ ठिमुरास्थित साविकको ठिमुरा रिसोर्ट नयाँ व्यवस्थापनका साथ ‘होटल रिभरसाइड रिट्रिट’ का नामबाट सञ्चालनमा आएको छ। भदौ १ गतेदेखि नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको यस होटललाई भरतपुरस्थित ‘होटल रोयल सेन्चुरी’मा लामो समय काम गरेको टिमले सञ्चालनमा ल्याएको हो। नारायणगढको व्यस्त बजारबाट नजिकै भए पनि सतनचुली सामुदायिक वनको काख र त्रिशूली नदीको किनारमा अवस्थित यो होटल प्राकृतिक एवं शान्त वातावरणले भरिपूर्ण छ। सात बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टले आगन्तुकलाई आकर्षक ‘रिभर भ्यु’को अनुभव गराउने सञ्चालकहरूको भनाइ छ। होटलमा हाल २५ वटा सुविधासम्पन्न कोठा उपलब्ध छन् भने वातावरणीय प्रभाव मूल्याङ्कन गरेर यहाँ ७५ वटासम्म कोठा सञ्चालनको अनुमति लिइएको छ।…
Read More
तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

तमू सञ्चारकर्मी संघ चितवनमा हीरालालको नेतृत्व

चितवन, भदौ २- तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल चितवन शाखाको अध्यक्षमा हीरालाल गुरुङ चयन भएका छन्। सोमबार इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा सम्पन्न संघको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा गीता गुरुङ, सचिवमा करिश्मा गुरुङ, सहसचिवमा घना गुरुङ र कोषाध्यक्षमा सूचना गुरुङ चयन भएका छन्। सदस्यमा सुष्मा गुरुङ र शान्ति गुरुङ चयन भएका छन्। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङ, पूर्वअध्यक्ष डण्ड गुरुङलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लाला गुरुङले गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान तथा समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारकर्मीको…
Read More
चितवनको रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

चितवनको रत्ननगरमा बिना नक्सापास निर्माण सम्पन्न प्रमाणपत्रमा रोक

नारायणगढ (चितवन), भदौ २– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ । सहरी विकास मन्त्रालय भवन निर्माण व्यवस्था सुदृढीकरण समिति तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो । नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पुयाउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य…
Read More