माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छः मन्त्री गौतम

माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छः मन्त्री गौतम

माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छः मन्त्री गौतम

चितवन, साउन ११ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताउनुभएको छ । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब । चुनाव जितेपछि सकियो । जजसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन ।” चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उहाँले जानकारी दिनुभयो । जङ्गलको सडक निर्माण हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले निकुञ्जको…
Read More
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन, साउन ११- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उहाँले भन्नुभयो, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।” उहाँका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात…
Read More
कृषि विश्वविद्यालयद्वारा चितवनका किसानलाई तालिम

कृषि विश्वविद्यालयद्वारा चितवनका किसानलाई तालिम

चितवन, साउन ११- कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अबधारणका विषयमा किसानलाई तालिम दिइएको छ । ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैङ्क, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो । एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी ९फङ्गस० र परजीवी जस्ता सूक्ष्मजीवलाई मार्ने वा वृद्धि रोक्ने औषधि हो । तालिममा चितवन र नवलपुर जिल्ला ५३ जना पशुपालक किसानको सहभागिता थियो । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी महिलाको सहभागी हुनुहुन्थ्यो । त्यस अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान…
Read More
लोथर–टिकौली सडक मर्मतको ठेक्का रद्द, शिवशक्ति इन्फ्रा डेभलपर्समाथि थप कारबाही प्रक्रिया अघि बढ्ने

लोथर–टिकौली सडक मर्मतको ठेक्का रद्द, शिवशक्ति इन्फ्रा डेभलपर्समाथि थप कारबाही प्रक्रिया अघि बढ्ने

चितवन, साउन ११- सडक डिभिजन कार्यालय भरतपुरले निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै मकवानपुरस्थित शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिसँग भएको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सम्झौताअनुसार निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगरेको तथा पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढाएकाले ठेक्का अन्त्य गरिएको जनाएको हो। उक्त कम्पनीले चितवनको पूर्व–पश्चिम राजमार्ग (एमआरएम) अन्तर्गत लोथरदेखि टिकौलीसम्मको सडक मर्मत तथा ओभरले गर्ने जिम्मा पाएको थियो। तर, सम्झौतामा उल्लेखित समयसीमाभित्र काम सम्पन्न नगरेर निर्माण स्थल लामो समयसम्म अलपत्र छाडेपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ। सडक डिभिजनका अनुसार निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा पटक–पटक काम…
Read More
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम

चितवन, साउन ११- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने बताउनुभएको छ । स्थानीय पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षाअनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाइ हुने बताउनुभयो । मन्त्री गौतमले भन्नुभयो, “नेतृत्वको चाहनाले होइन, जनताको सोचाइअनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ ।” उहाँले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रुपमा घोषणा गरेकाले १६६ वटा कानुन बनाउनुपर्ने छ भन्नुभयो । मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवमा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो ।…
Read More
संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन

संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन

चितवन, साउन ११ – पवित्र श्रावण महिनाको अवसरमा देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा र सहज सेवालाई मध्यनजर गर्दै संयुक्त विद्यार्थी संगठन, चितवनले प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन गरेको छ। उक्त केन्द्रमार्फत स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या, सामान्य उपचार तथा आवश्यक जानकारीको सेवा श्रद्धालुहरूलाई निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जनाएको छ। कार्यक्रममा मनकामना हस्पिटलले स्वास्थ्य सेवामा सहयोग गरिरहेको छ भने जिल्ला प्रहरी कार्यालय, चितवन र देवघाट टोल विकास संस्थाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेका छन्। श्रावण महिनाको सोमबार सञ्चालन हुने यस सेवामूलक अभियानमार्फत देवघाट आउने श्रद्धालुहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास आयोजक संयुक्त…
Read More
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन

काठमाडौँ, साउन ११ – काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरे । पहिलो चणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् । २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको…
Read More
भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन, साउन १०- नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् । अस्पताल नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको हो । आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् । अस्पतालका प्रमुख दिपेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा १४ हजार ५८१ जनाले सेवा लिएका थिए । तीमध्ये १४ हजार १८१ जना अर्थात् ९७ प्रतिशत भारतीय बिरामी छन् । उहाँका अनुसार गर्मी याममा दैनिक ४० देखि ४५…
Read More
चितवनमा होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन, १५ दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चितवनमा होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन, १५ दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चितवन, साउन १०- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल ९छात्र–छात्राबास०लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ । कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरुलाई १५ दिनभित्र पूरा गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दर्ता नभएका होस्टलहरुलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन एवं संयुक्त निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “होस्टललाई केबल व्यापारिक ‘होटल’का रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ ।” उहाँले विद्यार्थीको सुरक्षा र अनुशासनमा होस्टल सञ्चालक पूर्ण रूपमा जवाफदेही हुनुपर्नेसमेत बताउनुभयो । होस्टल सञ्चालनका लागि आवश्यक पूर्वाधार, पूर्वसर्त, लिन पाइने शुल्क, अनुशासन तथा व्यावसायिक नैतिकता समेटेर मापदण्ड वा आचारसंहिताको मस्यौदा…
Read More
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन, साउन १०- सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सौराहा, पटिहानी, जगत्पुर, मेघौलीलगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको व्यवसायीहरूले बताएका छन् । आन्तरिक पर्यटकसँगै चिनियाँ र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढेको उनीहरूको कथन छ । क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब ३० प्रतिशत रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी…
Read More