केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

चितवन, असोज ५ – केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ । गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिसँगै किसानले उत्पादन बढाएका थिए । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ । “केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,” उहाँले भन्नुभयो, “प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले रु चारमा झरेको छ ।” देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा…
Read More
भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

काठमाडौं , असोज ५ – कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी घटनाको जोखिम बढ्दै गएको बताएका छन् । उनले पछिल्ला पाँच–छ वर्षमा नेपालले ठूला विपद्का घटनाहरू सामना गरिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि थप प्रविधि तथा नवप्रवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘विगतका पाँच–छ वर्षमै मात्रै हामीले यस्ता खालका ठूलठूला विपत्का घटनाहरू देख्दै गर्दाखेरि चाहिँ…
Read More
आफ्‌नो पिडा सुनाउन किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् नागरिक ?

आफ्‌नो पिडा सुनाउन किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् नागरिक ?

काठमाडौं , असोज ५ – त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् । उनले नागरिकले आफ्नो पीडा सुनाउन ज्यानै जोखिममा राख्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाउँदै नागरिकका गुनासा र समस्यालाई समयमै सम्बोधन गर्न नसक्नुको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका छन् । हमालले घटनाअघि थापाथली क्षेत्रमा ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको…
Read More
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन, असोज ५ – बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ ज्ञानुजङ्ग लामाले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रभावित नागरिकको पुनःस्थापना र आत्मनिर्भर बनाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो “ पालिकाको क्षमताअनुसार कम्तीमा दुई \दुई जना प्रभावित नागरिकलाई रोजगारीमा जोड्ने गरी योजना अघि बढाइने छ । उद्योगी, व्यवसायी तथा होटल व्यवसायीसँग समन्वय गरी उनीहरूको क्षमता र आवश्यकताअनुसार प्रभावित नागरिकलाई रोजगारीमा संलग्न गराउने तयारी भइरहेको छ ।” राहत शिविरमा भोजन, आवास र…
Read More
नेपाल मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका अग्रवाल चयन, उपाध्यक्षमा चितवनका नितेश

नेपाल मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका अग्रवाल चयन, उपाध्यक्षमा चितवनका नितेश

चितवन, असोज ५– नेपाल मारवाडी युवा संगठनको केन्द्रीय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ । चितवनको पर्यटकीय नगरी सौराहामा दुई दिनसम्म चलेको महाधिवेशनबाट अग्रवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संगठनको उपाध्यक्षमा चितवनका नितेश महेश्वरी र बिर्तामोडका यज्ञराज अग्रवाल चयन हुनु भएको । यस्तै विराटनगरका मोहित लालवानी महासचिव, चितवनका राजु कुमार चौधरी सचिव र हेटौंडाका राहुल सिंगानिया कोषाध्यक्षमा मनोनित भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । सदस्यमा निर्वाचित भएपछि महासचिव, सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारीमा मनोनित गरिएका हो। यस्तै केन्द्रीय सदस्यहरुमा निकुञ्ज अग्रवाल, पियुष कुमार अग्रवाल, रजत अग्रवाल, राहुल बन्सल, आशिष कुमार…
Read More
भरतपुरमा असोज १६ देखि बिसिए प्राइड लिग टी–२० क्रिकेट हुने

भरतपुरमा असोज १६ देखि बिसिए प्राइड लिग टी–२० क्रिकेट हुने

चितवन, असोज ४– भरतपुरमा असोज १६ गतेदेखि बिसिए प्राइड लिग टी–२० क्रिकेट हुने भएको छ । भरतपुर स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । भरतपुर–५ स्थित भरतपुर स्पोर्ट्स क्लबको मैदानमा असोज २२ गतेसम्म हुने प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् । प्रतियोगितामा भरतपुर बुल्स, माडी टाइगर्स, कालिका लिओपार्ड्स, सौराहा स्याण्ड्स र राप्ती घलियाल्स गरी ५ टिम सहभागी छन् । ५ वटै टिमको मार्की खेलाडी पनि चयन भईसकेका छन् । जस अनुसार भरतपुरको मार्की खेलाडीमा रोशन झा, माडीको शिव कंडेल, राप्तीको सन्तोष न्यौपाने, कालिकाको सन्देश सुवेदी र सौराहाकोमा रिजन काफ्ले रहेका छन् । यस्तै प्रतियोगिताका लागि आज नै अक्सन भएको छ…
Read More
नेपाल राष्ट्रिय माडवारी युवा संगठनको ५ औँ राष्ट्रिय महाधिवेशन सौराहामा जारी

नेपाल राष्ट्रिय माडवारी युवा संगठनको ५ औँ राष्ट्रिय महाधिवेशन सौराहामा जारी

चितवन, असोज ४- नेपाल राष्ट्रिय माडवारी युवा संगठनको ५ औँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी रहेको छ । आइतबारबाट सुरु भएको महाधिवशनको उद्घाटन प्रतिनिधि सभा सदस्य पुनम अग्रवालले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै अग्रवालले माडवारी समुदाय आर्थिक रुपमा अगाडी रहेको बताउँदै अब राजनीतिक रुपमा पनि हस्तक्षेप गर्नुपर्ने बताएकी छिन् । ‘माडवारी समुदाय जुन ठाउँमा व्यापार गर्न गएको छ । त्यो ठाउँको सामाजिक आर्थि विकास पनि गरेको छ,’ उनले भनिन् ‘माडवारी समुदाय आर्थिक रुपमा अगाडि छन् अव राजनीतिक हस्तक्षेप गर्ने समय आएको छ।’ उनले माडवारी समुदाय थोरै भएपनि सामाजिक कार्यमा योगदान महत्वपूर्ण रहेको बताइन् । उनले युवालाई राजनीतिमा आउने समेत आग्रह…
Read More
भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं , असोज ५ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको गरिएको छ ।…
Read More
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ, असोज ५ – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक…
Read More
नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

काठमाडौं,असोज ४- सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको अत्यधिक चाप र लामो समयदेखि थन्किएर रहेको लाइसेन्स छपाइ सम्बन्धी जटिल समस्या समाधान गर्न यो नयाँ प्रविधि अपनाएको हो । यो नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो नवीकरण गर्ने सम्पूर्ण प्रक्रिया थप द्रुत, सहज र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । ईडीएल भिआरएसमा प्रविष्ट गरिएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्ने छ । त्यहाँबाट छपाइ सकिएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था…
Read More