बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

चितवन, असार २९ – चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ । गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाल्नुभएसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो । अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा…
Read More
परीक्षा बोर्डको लापरबाहीको आरोप : परीक्षा दिएका विद्यार्थीलाई नतिजामा ‘एब्सेन्ट’, न्याय खोज्दै हेलो सरकारसम्म

परीक्षा बोर्डको लापरबाहीको आरोप : परीक्षा दिएका विद्यार्थीलाई नतिजामा ‘एब्सेन्ट’, न्याय खोज्दै हेलो सरकारसम्म

चितवन, असार २९- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गम्भीर त्रुटि भएको भन्दै चितवनका एक विद्यार्थी न्यायको खोजीमा विभिन्न निकाय धाइरहेका छन्। भरतपुर–७ निवासी १८ वर्षीय सुलोक गुरुङले आफूले कम्प्युटर विज्ञानको सैद्धान्तिक परीक्षा दिएको भए पनि नतिजामा ‘एब्सेन्ट’ (अनुपस्थित) देखाइएकाले आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको बताएका छन्। अंकुरम एकेडेमीका विद्यार्थी सुलोकले कम्प्युटर विज्ञानबाहेक अधिकांश विषयमा ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्। विद्यालयले प्रयोगात्मक परीक्षामा पूर्णाङ्क दिएको भए पनि सैद्धान्तिकतर्फ भने उनी अनुपस्थित देखिएका छन्। नतिजा सार्वजनिक भएपछि परिवारले इडेन गार्डेन परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएको प्रमाण संकलन गरी हेटौंडास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयदेखि भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा…
Read More
ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?

ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?

चितवन, असार २९– बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन् । हात्तीले रिस साँध्ने र वैमनश्यता राख्ने भए पनि यो कति समयसम्म रहन्छ भन्ने यकिन हुन सकेको छैन । ध्रुवेले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा आमा छोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको अकालमा मृत्यु थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो…
Read More
चितवनको नारायणीसहित यी जिल्लामा आज बाढीको जोखिम

चितवनको नारायणीसहित यी जिल्लामा आज बाढीको जोखिम

चितवन, असार २९- मनसुन सक्रिय हुँदा देशका धेरै स्थानमा निरन्तर पानी परिरहेको छ । वर्षासँगै नदी तथा खोलानाला पानीको बहाव बढेको छ । सोमबार (असार २९) पनि देशका केही जिल्ला भई बहने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), तनहुँ, मकवानपुर, गोरखा, लमजुङ, धादिङ, कास्की, पर्वत, म्याग्दी, पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, बारा, पर्सा, रौतहट, पाल्पा, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको…
Read More
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन ,असार २८- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी…
Read More
रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर–५ को उदाहरणीय पहल : घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर, असार २८- रत्ननगर नगरपालिका वडा नं. ५ ले वडा कार्यालय वा बैंकसम्म पुग्न असमर्थ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। वडाध्यक्ष बालकृष्ण चापागाईंको अग्रसरतामा वडा कार्यालय र कृषि विकास बैंक सौराहा शाखाको सहकार्यमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत २० जना लाभग्राहीलाई उनीहरूको घरमै पुगेर भत्ता वितरण गरिएको हो। वडा सचिव दिनेश सुवेदीका अनुसार शारीरिक अवस्था, वृद्धावस्था तथा अन्य कारणले वडा कार्यालय वा बैंकसम्म पुग्न नसक्ने सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यसबाट लाभग्राहीलाई सेवा लिनका लागि हुने झन्झट र अतिरिक्त…
Read More
रोकिएन ध्रुबे हात्तीको आंतक, माडीमा घर भत्कायो

रोकिएन ध्रुबे हात्तीको आंतक, माडीमा घर भत्कायो

चितवन, असार २८- चितवनको माडी नगरपालिका–१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एक घरमा आक्रमण गरी भत्काएको छ। घरभित्र रहेका परिवारका सदस्य भने समयमै बाहिर निस्कन सफल भएकाले सकुशल जोगिएका छन्। स्थानीय दीपक बोटको घरमा गएराति करिब १२:३० बजे ध्रुबे हात्तीले आक्रमण गरी घर भत्काउन थालेको थियो। हात्ती गाउँमा प्रवेश गरेको थाहा पाएलगत्तै स्थानीयवासी ट्र्याक्टरसहित घटनास्थलमा पुगेर ध्रुबेलाई जंगलतर्फ धपाएका थिए। स्थानीयको सक्रियताका कारण थप जनधनको क्षति तथा मानवीय हताहती हुनबाट जोगिएको बताइएको छ। ध्रुबे हात्तीले हालसम्म २५ जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। पछिल्लोपटक पनि दुई जनाको मृत्यु भएपछि उक्त हात्तीको खोजी तथा नियन्त्रणका लागि निकुञ्जको प्राविधिक टोली परिचालन गरिएको छ।…
Read More
चितवनको पर्सामा दाताको जग्गा र सहयोगमा पाँच तले आँखा उपचार केन्द्र स्थापना

चितवनको पर्सामा दाताको जग्गा र सहयोगमा पाँच तले आँखा उपचार केन्द्र स्थापना

चितवन, असार २६– नेपाल नेत्रज्योती संघ चितवन शाखाले पूर्वी चितवनको पर्सामा निर्माण गरेको आँखा उपचार केन्द्र भवनको आज उद्घाटन गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठले भवनको उद्घाटन गर्नुभएको हो । सो अबसरमा भवनमा निर्माण गरिएको जग्गा दाता जनक वहादुर पाण्डेको शालिक अनावरण गरिएको थियो । सो अबसरमा नगरप्रमुख खनियाँले भवनबाट स्थानीयलाई आँखा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा खैरहनी नगर अस्पतालका अध्यक्ष समेत रहनुभएका खनियाले अस्पतालका तर्फबाट आँखा उपचार केन्द्रलाई रु ३० लाखमा खरिद गरिएको फेको मेसीन समेत हस्तान्तरण गर्नुभयो । आँखा उपचारका लागि आबश्यक…
Read More
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन, असार २६- ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो । गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति…
Read More
उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

नारायणगढ (चितवन), असार २६- भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो । अस्पतालले डायलाइसिस मेसिन, भेन्टिलेटर, बिरामी निगरानी (पेसेन्ट मोनिटर), अल्ट्रासोनोग्राफी ९युएसजी० मेसिन, एक्स–रे मेसिन, इईजी मेसिनलगायतका उपकरण हस्तान्तरण गर्न इच्छुक सरकारी तथा निजी संस्था…
Read More