बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
चितवन, असार २९ – चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ । गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाल्नुभएसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो । अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा…