त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पठाइँदै

त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पठाइँदै

त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पठाइँदै

काठमाडौं, भदौ १४- नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए । अब सुरुङको पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ। उनले बताए । ‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै…
Read More
भोटेकोशी बाढीः ७८८ वटा शव फेला, उद्धारका लागि  ७८९४ जना प्रहरी परिचालन

भोटेकोशी बाढीः ७८८ वटा शव फेला, उद्धारका लागि ७८९४ जना प्रहरी परिचालन

काठमाडौं, भदौ १४ – रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् । बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० वटा…
Read More
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर, भदौ १४ – नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो । “सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ”, उहाँले भन्नुभयो । प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै…
Read More
कृष्णभीरमा बाटो भासिएपछि नारायणगढ-मुग्लिन-काठमाडौं सडक पूर्णरुपमा बन्द

कृष्णभीरमा बाटो भासिएपछि नारायणगढ-मुग्लिन-काठमाडौं सडक पूर्णरुपमा बन्द

चितवन, भदौ १४- धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा बाढीका कारण सडक भासिएपछि नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार हिान बाढीका कारण सडक भासिएपछि नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्णरुपमा बन्द गरिएको छ। सडक पूर्णरुपमा बन्द रहेकाले यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त क्षेत्रमा नबस्न र वैकल्पिक व्यवस्था नभएसम्म यात्रा नगर्न अनुरोध गरिएको छ। प्रहरीले सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ।
Read More
चितवनमा २६० शव फेला, १०० को जङ्गलमा व्यवस्थापन, ९ जनाको मात्रै सनाखत

चितवनमा २६० शव फेला, १०० को जङ्गलमा व्यवस्थापन, ९ जनाको मात्रै सनाखत

चितवन, भदौ १४- रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने सय वटा शवको देवघाटस्थित जङ्गलमा व्यवस्थापन गरिएको छ। शवहरूको डीएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी चन्द्रभूसन यादवले जानकारी दिए । यस्तै, हालसम्म ९ जनाको सनाखत भई आफन्तलाई बुझाइएको छ। सनाखत भएकामध्ये ८ पुरुष र १ बालिका रहेका छन्। यस्तै हालसम्म फेला परेका २५९ शवमध्ये ६० महिला, १०७ पुरुष, ६ बालक, ४ बालिका र ८२ अन्य (अवशेष) रहेका छन्।…
Read More
भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन, भदौ १४ – भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो । बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ । आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उहाँको अनुमान छ । नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने…
Read More
चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

चिनियाँ टेलिभिजन भन्छ- नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर

काठमाडौँ, भदौ १४- नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन चाइन ग्लोबल टेलिभिजन नेटवर्क( सीजीटीएन)ले यस्तो सूचना दिएको हो । सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो । पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो । यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ । यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त…
Read More
भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

काठमाडौँ, भदौ १४- भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्। विदेशमन्त्री जयशंकरले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएको छ । त्यस्तै, डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरणसहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि…
Read More
९ हजार ५ सयले घटेपछि आज सुन प्रतितोला ३ लाख ९ हजारमा कारोबार

९ हजार ५ सयले घटेपछि आज सुन प्रतितोला ३ लाख ९ हजारमा कारोबार

काठमाडौँ, भदौ १४- नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको हो। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ घटेर कारोबार भइरहेको छ।
Read More
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा निःशुल्क परिचालन

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा निःशुल्क परिचालन

चितवन, भदौ १३ – भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेका उहाँले जानकारी दिनुभयो । टाढा पुर्‍याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनुभयो । उहाँका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व)…
Read More