चितवनको साल्ट ट्रेडिङ कर्पोरेसन शाखाद्धारा सरकारको नीतिअनुसार मल बिक्री वितरण

चितवनको साल्ट ट्रेडिङ कर्पोरेसन शाखाद्धारा सरकारको नीतिअनुसार मल बिक्री वितरण

चितवनको साल्ट ट्रेडिङ कर्पोरेसन शाखाद्धारा सरकारको नीतिअनुसार मल बिक्री वितरण

नारायणगढ (चितवन),असार ३२– यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/ ८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिसकेको छ । हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ । थप बिक्रीका लागि कार्यालयमा सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ । हाल ५० केजी युरियाको मूल्य रु ८४७, डीएपीको रु दुई हजार २९७ र पोटासको रु एक हजार ६९७ कायम रहेको…
Read More
निपनी–सौराहा भित्री सडकमा १४ ट्राफिक कन्भेक्स मिरर जडान

निपनी–सौराहा भित्री सडकमा १४ ट्राफिक कन्भेक्स मिरर जडान

रत्ननगर, साउन ३२- पूर्वी चितवनको रत्ननगर नगरपालिका–४ र ८ अन्तर्गत पर्ने निपनी चोकदेखि सौराहासम्मको भित्री सडक खण्डमा दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले १४ वटा ट्राफिक कन्भेक्स मिरर जडान गरिएको छ। चित्रसेन मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा सडकका मोड तथा दृष्टि अवरुद्ध हुने दुर्घटना जोखिमयुक्त स्थानहरूमा कन्भेक्स मिरर जडान गरिएको हो। ती मिररले सवारी चालकलाई विपरीत दिशाबाट आउने सवारी साधन समयमै देख्न सहज बनाउने भएकाले दुर्घटनाको जोखिम कम हुने विश्वास गरिएको छ। बढ्दो सवारी चापसँगै सडक सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिमयुक्त स्थानहरूको पहिचान गरी मिरर जडान गरिएको जनाइएको छ। यसबाट स्थानीयवासी, पर्यटक तथा दैनिक आवतजावत गर्ने सवारी चालकहरू प्रत्यक्ष रूपमा…
Read More
नारायणी नदी किनारमा बेवारिसे शव फेला

नारायणी नदी किनारमा बेवारिसे शव फेला

गैंडाकोट, साउन ३२- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा हिजो एक पुरुषको बेवारिसे शव फेला परेको थियो। नदी किनारमा रहेको होटल छिमेकीभन्दा केही तलपट्टि अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको हो। गैंडाकोट वडा नं. २ का वडाअध्यक्ष प्रकाश सापकोटाका अनुसार स्थानीयले शव देखेपछि तत्कालै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। फेला परेको शवको पहिचान खुल्न सकेको छैन। शवको सनाखत र थप अनुसन्धानका लागि शवलाई भरतपुर अस्पताल, चितवन पठाइएको वडाअध्यक्ष सापकोटाले जानकारी दिनुभयो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Read More
धुर्वे हात्तीलाई रेडियो कलर जडान, दाह्रा काटेर छाडियो

धुर्वे हात्तीलाई रेडियो कलर जडान, दाह्रा काटेर छाडियो

भरतपुर,साउन ३२- चितवन राष्ट्रिय निकुञ्जले धुर्वे हात्तीलाई रेडियो कलर जडान गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती धुर्वेलाई आज राती १०ः३० बजे डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको हो । निकुन्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवेलाई डार्ट गरेर घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथैं दाह्रा काटेर छाडिएको छ । निकुञ्जको सुखीभार पोस्ट नजिक ध्रुवेलाई डार्ट गरिएको हो । रेडियो कलर जडानपछि हात्तीको अवस्थिति छोटो अन्तरालको समयमा जानकारी प्राप्त हुने र जियोफेन्सिङसहित हात्तीको विचरणको सूचना तत्काल प्राप्त हुने मगरले बताउनुभयो । यसले हात्तीको नियमित अनुगमन गर्न, समयमै सूचना प्रवाह गर्न तथा मानव–हात्ती…
Read More
भरतपुरका २९ वटै वडामा सिसी क्यामेरा जडान

भरतपुरका २९ वटै वडामा सिसी क्यामेरा जडान

चितवन, असार ३२ – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी क्षेत्रमा बढी र ग्रामीण क्षेत्रका सडकमा आवश्यकताअनुसार क्यामेरा जडान गरिएको छ । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । महानगरले पहिलोपटक आह्वान गरेको बोलपत्र प्राविधिक मूल्याङ्कनमा असफल भएपछि पुनः बोलपत्रमार्फत क्यामेरा जडान गरिएको…
Read More
धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२– धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ । उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । प्रमुख बगालेले भन्नुभयो, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज…
Read More
कुखुरापालक किसानलाई ५० करोड राहत

कुखुरापालक किसानलाई ५० करोड राहत

ललितपुर, असार ३१- सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोका १०५ किसानलाई उक्त राहत उपलब्ध गराइएको हो । बर्डफ्लु नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्तिस्वरुप किसानले पक्रिया पूरा गरेर कागजात बुझाएमा क्षतिको ७५ प्रतिशत राहत प्रदान गर्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि पछिल्लो तीन महिना देशभर करिब सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार…
Read More
चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवनसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

चितवन, असार ३१- जल तथा मौसम विज्ञान विभागले निरन्तर वर्षाका कारण चितवनसहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही तथा चितवन लगायतका जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यसैगरी गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा पनि साना नदी तथा खोलाको…
Read More
आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

काठमाडौं,असार ३१- नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते)देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ । मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो । हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू…
Read More
अविरल वर्षाको असर मौरीपालनमाः रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

अविरल वर्षाको असर मौरीपालनमाः रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन),असार ३१- सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघार बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उहाँले बताउनुभयो । मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५०…
Read More