चार जिपीए ल्याउने स्काइराइडरका देवकोटालाई सम्मान
रत्ननगर । स्काइराइडर आवासीय माविलले एसइई परीक्षामा चार जिपीए ल्याउने संयोग देवकोटालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी देवकोटालाई सम्मान तथा पुरस्कृत र एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई विदाई गरेको हो । देवकोटालाई नगद २० हजार नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, विद्यालयका निर्देशक दुर्गा पुरी र विद्यालयका प्राचार्य मदन पुरीले देवकोटा सहित एसइई परीक्षामा उत्तीर्ण भएकालाई सम्मान गरेका हुन् । चार जिपीए ल्याउन सफल देवकोटा उक्त विद्यालयमा नर्सरी देखि पढ्दै आएका छन् । कार्यक्रमका देवकोटाले स्काइराइडरमै कक्षा १२ सम्म बनेर भविश्वमा…