मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

चितवन, असोज ६ – बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गर्नुभएको थियो । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उहाँले चासो लिनुभएको थियो । ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उहाँहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताउनुभयो । अस्पतालको सेवा राम्रो भएको उहाँहरुको प्रतिक्रिया थियो । नेपाल नेत्रज्योती सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार…
Read More
भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो । ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिनुभयो । यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो । फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको…
Read More
अतिक्रमण र फोहरले खगेरी सङ्कटमा, संरक्षण अभियान अघि बढाइँदै

अतिक्रमण र फोहरले खगेरी सङ्कटमा, संरक्षण अभियान अघि बढाइँदै

चितवन, असोज ६ – बरन्डाभार जैविक मार्गको जीवनरेखा मानिने खगेरी खोलामा बढ्दो अतिक्रमण, फोहर व्यवस्थापनको समस्या र अव्यवस्थित उत्खननका कारण यसको अस्तित्व नै सङ्कटमा पर्न थालेपछि डिभिजन वन कार्यालय चितवन संरक्षण अभियानमा सक्रिय भएको छ । बरन्डाभार क्षेत्र हुँदै बग्ने मुख्य जलाधार तथा चितवन राष्ट्रिय निकुञ्जको महत्वपूर्ण पानीको स्रोतका रूपमा रहेको खगेरी खोलाको दीर्घकालीन संरक्षणका लागि कार्यालयले सरोकारवालाबीच छलफल सुरु गरेको हो । कार्यालयका अनुसार खोलाको संरक्षणले बरन्डाभार जैविक मार्ग, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यहाँको समग्र पारिस्थितिक प्रणाली जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ । डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले खगेरी खोलाको महत्व जनस्तरसम्म…
Read More
बीपी कोइराला क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त, चिकित्सकतर्फ चार र समाजसेवीतर्फ दुई

बीपी कोइराला क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त, चिकित्सकतर्फ चार र समाजसेवीतर्फ दुई

भरतपुर,असोज ६- भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत चिकित्सकतर्फ चार जना र समाजसेवीतर्फ दुई जनालाई अस्पतालको सदस्यमा नियुक्त गरेको हो। मन्त्रालय स्रोतका अनुसार चिकित्सकतर्फ डा. सुरेन्द्र गौचन, डा. शान्ति भुर्तेल, डा. दीपेन्द्र दास र रमिला शिल्पकार नियुक्त भएका छन्। यस्तै, समाजसेवीतर्फ डिल्लीराम भण्डारी र इशा प्रधान सदस्यमा नियुक्त भएका छन्। यसअघि मन्त्रालयले सदस्य पदमा मनोनयन तथा नियुक्तिका लागि रोस्टर सूचीमा सूचीकृत हुन आवेदन दिएका उम्मेदवारहरूको अन्तर्वार्ता प्रक्रिया अघि बढाएको थियो। खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्राप्त उम्मेदवारहरूको मूल्यांकनपछि अस्पतालको ऐनबमोजिम रिक्त ६ सदस्य पदमा उनीहरूलाई नियुक्त गरिएको…
Read More
चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि संचालनमा आएको पसलमा चिनी र नुनमा बिषेश छुट दिइएको छ । साल्ट ट्रेडिङ नारायणगढ कार्यालय अनुसार चिनीमा प्रतिकिलो ५ र नुनमा प्रतिकिलो २ रुपैंया छुट दिइएको हो । छुटपछि चिनी प्रतिकेजी १०० रुपैयाँ र आयो नुन प्रतिकेजी २४ रुपैयाँमा उपलब्ध गराइएको साल्ट ट्रेडिङ कर्पोरेशन नारायणगढका प्रमुख बुद्धिबिनोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार चिनी तथा नुन प्रतिव्यक्ति/परिवार बढीमा ६ केजी सम्म उपलब्ध गराइनेछ । चाडपर्वका समयमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध…
Read More
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असोज ६ – बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध समेत गरेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ । मन्त्रालयका अनुसार भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम छ । वर्षाका कारण सडक तथा हवाई…
Read More
केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

केराको मूल्य आधा घटेपछि चितवनका किसान मर्कामा

चितवन, असोज ५ – केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ । गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिसँगै किसानले उत्पादन बढाएका थिए । नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चारमा प्रतिकोसा केर बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ । “केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रुपमा घटेको छ,” उहाँले भन्नुभयो, “प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले रु चारमा झरेको छ ।” देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा…
Read More
भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ४.७७ अर्ब डलर लाग्ने अनुमान

काठमाडौं , असोज ५ – कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी घटनाको जोखिम बढ्दै गएको बताएका छन् । उनले पछिल्ला पाँच–छ वर्षमा नेपालले ठूला विपद्का घटनाहरू सामना गरिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि थप प्रविधि तथा नवप्रवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘विगतका पाँच–छ वर्षमै मात्रै हामीले यस्ता खालका ठूलठूला विपत्का घटनाहरू देख्दै गर्दाखेरि चाहिँ…
Read More
आफ्‌नो पिडा सुनाउन किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् नागरिक ?

आफ्‌नो पिडा सुनाउन किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् नागरिक ?

काठमाडौं , असोज ५ – त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् । उनले नागरिकले आफ्नो पीडा सुनाउन ज्यानै जोखिममा राख्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाउँदै नागरिकका गुनासा र समस्यालाई समयमै सम्बोधन गर्न नसक्नुको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका छन् । हमालले घटनाअघि थापाथली क्षेत्रमा ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको…
Read More
बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चितवन, असोज ५ – बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ ज्ञानुजङ्ग लामाले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रभावित नागरिकको पुनःस्थापना र आत्मनिर्भर बनाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो “ पालिकाको क्षमताअनुसार कम्तीमा दुई \दुई जना प्रभावित नागरिकलाई रोजगारीमा जोड्ने गरी योजना अघि बढाइने छ । उद्योगी, व्यवसायी तथा होटल व्यवसायीसँग समन्वय गरी उनीहरूको क्षमता र आवश्यकताअनुसार प्रभावित नागरिकलाई रोजगारीमा संलग्न गराउने तयारी भइरहेको छ ।” राहत शिविरमा भोजन, आवास र…
Read More