खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती

खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती

खानेतेलको मूल्यवृद्धि, भान्सामा सास्ती

काठमाडौं, साउन २२- नयाँ आर्थिक वर्ष साउन लागेसँगै बजारमा खानेतेल तथा घिउको मूल्य बढेको छ । तेल तथा घिउको मूल्य दुई साता अवधिमै प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ । सबै प्रकारका खानेतेलको आकासिँदो भाउले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाउ बढ्दा महँगी मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ । खानेतेलको मूल्य १५ दिनमै १५ रुपैयाँसम्म बढ्दा खुद्रा व्यापारी र ठूला उद्योगी–आयातकर्ताबीच ‘कसले भाउ बढायो’ भन्ने आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ । लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिदै छ भन्ने बुझ्न खुद्रा व्यापार संघको तथ्यांक नै काफी छ ।…
Read More
२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

२५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार

काठमाडौं, साउन २२- आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो। करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। अब प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम…
Read More
ब्रोड पिकमा ज्यान गुमाएका युक्तको शव काठमाडौं ल्याइयो

ब्रोड पिकमा ज्यान गुमाएका युक्तको शव काठमाडौं ल्याइयो

काठमाडौँ , साउन २१- पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइपुर्‍याइएको हो । दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् । उनको शवमाथि परिवार र आफन्तले फूल/माला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् ।
Read More
सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

चितवन , साउन २१– झमझम परिरहेको पानी । कसैले शरीरमा प्लास्टिक बेरेका छन् त कसैले बोरा ओढेर ओत लाग्ने प्रयास गरिरहेका छन् । साथमा छन् पोकापन्तुरा । बच्चादेखि वृद्धसम्म । १० दिनदेखि सडकको तातो र चिसो नभनी हिँडिरहेका यी गोडाहरू सुन्निएका छन्, कतिपयका पैतालामा घाउ लागेर रगत जमेको छ । तर, शरीरको दुखाइभन्दा ऋणको बोझले थिचिएको मनको पीडा निकै गहिरो छ। यो दृश्य हो, लघुवित्त र मिटरब्याजको चक्रव्यूहमा फसेका पीडितहरूको, जो ‘नागरिक बचाउ महाअभियानु अन्तर्गत सर्लाहीको हरिवनबाट पैदल यात्रा सुरु गरेर १० औँ दिनमा आज चितवन आइपुगेका छन् । उनीहरूको गन्तव्य एउटै छ— संघीय राजधानी काठमाडौँ र माग पनि एउटै…
Read More
नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

भरतपुर, साउन २१– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले नारायणी पुलबाट बढ्दै गइरहेका आत्महत्याका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं चितवन क्षेत्र नम्बर–३ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमलाई ध्यानाकर्षण पत्र बुझाएको छ। समितिले नारायणी पुलमा भइरहेका दुःखद घटनाले जनमानसमा त्रास र चिन्ता बढाएको उल्लेख गर्दै मानव जीवनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि तत्काल पहल गर्न आग्रह गरेको हो। ध्यानाकर्षण पत्रमा पुललाई सुरक्षित बनाउन सेफ्टी ब्यारियर (तारजाली) जडान, उच्चस्तरीय सीसीटीभी क्यामेरा स्थापना, २४सै घण्टा सुरक्षा निगरानी, आपत्कालीन उद्धार टोलीको व्यवस्था, मनोसामाजिक परामर्श सेवा सञ्चालन, चेतनामूलक सूचना बोर्ड…
Read More
त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

काठमाडौँ, साउन २१ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाएकी छिन्। विमानस्थलमा नागरिकले भोग्नुपरेका समस्याबारे बोल्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले अन्तरराष्ट्रिय विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट शुल्क लिने परिपाटीको आलोचना गरिन्। विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भए पनि नेपालमा न्यूनतम पूर्वाधारसमेत नभई शुल्क मात्र असुलिएको उनको तर्क छ। विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उनले प्रश्न उठाइन्। सुरक्षाकर्मीले आम नागरिकसँग गर्ने व्यवहार अत्यन्तै ‘निम्न स्तरको’ र ‘तुच्छ’ भएको भन्दै उनले नागरिकको…
Read More
नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

नवलपरासी, साउन २१- नारायणी नदीमा जलस्तर बढेर बस्तीमा बाढी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बासिन्दा आफैं अस्थायी तटबन्ध बनाउन थालेका छन् । नारायणीको कटान र पानी थारु टोलतर्फ पस्न थालेपछि स्थानीयले बस्ती जोगाउन बोरामा माटो भरेर पानी छक्ने प्रयास थालेका हुन् । सुस्तामा बाढीको जोखिम कम गर्न गत आर्थिक वर्षमा पक्की तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध पछि काम रोकिएको थियो । बाढी पस्ने जोखिम भएको क्षेत्रमा अस्थायी संरचना राखेर भए पनि स्थानीयले नियन्त्रणको प्रयास गरेका हुन् । बुधबार साँझदेखि नै सयौं स्थानीयले श्रमदान गरेर बस्ती जोगाउन जुटेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए । ‘सुस्तामा तटबन्ध बनाउनका…
Read More
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, साउन २१ – निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्षमा दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु परेको थियो । वर्षा र चाडपर्वको बेला पूर्वपश्चिम यात्रा गर्नुपर्ने कतिपय पर्वमा घर जान समेत नसकेको पीडा छ । यहाँका ग्याँस उद्योगी विमल कालाखेती गत साता एक घण्टा ३० मिनेटमा बुटवलबाट नारायणगढ अनुभव सुनाउनुहुन्छ । सडक सहज र कतै अवरोध नभएको…
Read More
नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

चितवन,साउन २१– नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण बिहीबार बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । आयोगले त्रिशूली, मर्स्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । ुत्यसैले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ।…
Read More
चितवनसहित  देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण

काठमाडौँ, साउन २१– भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासो भएकालाई ११२ कित्ता जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको हो । यसअन्तर्गत कूल ७२ हजार ७०६।०६ वर्गमिटर क्षेत्रफल बराबरको जग्गा वितरण भएको छ । लाभग्राहीमध्ये छ जना भूमिहीन दलित, ५८ जना भूमिहीन सुकुमवासी र ३३ जना अव्यवस्थित बसोबासो भएका छन् । भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गत जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गरेको थियो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा…
Read More