धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा
म्याग्दी (बेनी),२० भदौ । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ । तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको…