शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा), जेठ १८- डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो । मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो । सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्कासहित खोजी अभियान सञ्चालन…
Read More
चितवनमा इसेवा ह्याकाथन, ‘कन्फ्युजन म्याट्रिक्स’ले जित्यो उपाधि

चितवनमा इसेवा ह्याकाथन, ‘कन्फ्युजन म्याट्रिक्स’ले जित्यो उपाधि

चितवन, जेठ १८– नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चितवनको सौराहामा “इसेवा ह्याकाथन २०२६” सम्पन्न भएको छ । तीनदिनसम्म आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो । नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय…
Read More
निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

गोरखा, जेठ १८ – दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो । ‘सम्भव छ नेपाल, मुटु जोगाउ’ काठमाडौँको समन्वय र त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो । यही जेठ १६ र १७ गते सञ्चालित शिविरमा मुटुरोगसम्बन्धी परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिएको थियो ।…
Read More
अर्थमन्त्री वाग्लेले भनेः बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भनेः बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

काठमाडौं, जेठ १८- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए। अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे। उनले भने,‘कसैले गर्न नसकेको आँट…
Read More
आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौं,जेठ १८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ । रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ । भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ ।
Read More
सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

सभापति लामिछानेको अध्यक्षतामा बन्यो चितवनमा हुने रास्वपाको महाधिवेशन मूल आयोजक समिति

चितवन,जेठ १७- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल, सबै केन्द्रीय समितिको सदस्यहरु र सबै प्रदेश सभापतिहरू रहेका छन्। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ।
Read More
बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बेथिति हटाउन र भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उहाँले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताउनुभयो । सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएकामा धन्यवाद दिँदै मन्त्री र सांसदको निगरानीमा विभिन्न निकाय रहेको समेत बताउनुभएको थियो । सदनमा माग भएबमोजिम प्रधानमन्त्री शाह जवाफ दिन उपस्थित भएपछि सांसदले सकारात्मक रूपमा लिए पनि नियमावलीको प्रक्रियाअनुसार पूर्वतयारीको लिखित प्रश्नोत्तर हुन नसकेमा विपक्षी सांसदले ध्यानाकर्षण गराउनुभएको थियो । रासस
Read More
नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

नेपालले भारतको सीमा मिचेको प्रमाण देखाउन कांग्रेसको माग

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको सीमा मिचेको भन्नेअभिव्यक्तिमाथि कांग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको सीमा मिचेको थाहा पाएको बताएका थिए। कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीले गम्भीर र आपत्तिजनक विषय उठाएको भन्दैप्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्। ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो। कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्‍यो। होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ?’ उनले भनिन्, ‘यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्।’
Read More
सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री

सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री

काठमाडौँ, जेठ १७- प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे। उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए । उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए । जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको…
Read More
बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो । केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा हाल कायम रहेका मन्त्रीहरूसँग ७१०.५० तोला सुन रहेको देखाइएको छ । शुक्रबार आएको बजेटपछि आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । यो हिसाबले हेर्दा मन्त्रीहरूको सम्पत्ति कुल १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिन्छ । यसमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै देखिएको छ । उनको मात्रै ३८…
Read More