इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने

इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने

इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने

चितवन, असार ११ – चितवनको इच्छाकामना गाउँपालिकाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त कार्यक्रम सञ्चालन गर्न रु २६ लाख बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार आर्थिक अभावका कारण अतिरिक्त कक्षा लिनबाट विपन्न परिवारका विद्यार्थी वञ्चित नहोउन् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उहाँले वार्षिक दुई महिनासम्म अतिरिक्त कक्षा सञ्चालनका लागि बजेट व्यवस्था गरिएको बताउनुभयो। अध्यक्ष गुरुङले गाउँपालिकाले शैक्षिक सुधारलाई प्राथमिकता दिँदै विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति, विद्यार्थी–अभिभावक शिक्षा कार्यक्रम, स्वयंसेवक शिक्षकको व्यवस्था तथा बालकक्षा सुदृढीकरणलगायत विभिन्न कार्यक्रम सञ्चालन…
Read More
रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं, असार ११ – काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन्। उनले क्षमता र सीप हुँदाहुँदै पनि बाध्यतावश सडकमा उत्रिनुपरेको बताइन्। उनले भनिन्, ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी हामीलाई दिनुप¥यो। हामी यहाँ सडकमा यसरी आउनुपर्ने बाध्यता हो। सरकारले चाँडोभन्दा चाँडो हाम्रो कुरा सुनोस्। सबैजना हामी युवा क्षमता हुँदाहुँदै पनि बाध्यताले सडकमा उत्रिनुपरेको छ। हाम्रो पनि बालबच्चा छन्। सडकमा बसेर नै…
Read More
रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन,असार ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी ९सदस्य० चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन्…
Read More
चितवनमा दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन

चितवनमा दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन

नारायणगढ (चितवन),असार ११ – नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा आजदेखि सुरु भई यही असार १३ गतेसम्म ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ सञ्चालन हुन लागेको हो । आयोजक समितिका संयोजक प्राडा निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन, पशु चिकित्सा, एक(स्वास्थ्य, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण जस्ता बहुआयामिक विषयहरूमा गहन…
Read More
रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राती १२ बजेवाट मतदान सुरु

रास्वापाले स्वच्छ प्रतिस्पर्धा नै गर्यो, राती १२ बजेवाट मतदान सुरु

काठमाडौं, असार ११- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पाँचौं दिन सुरु भएपछि राती १२ बजेबाट मतदान सुरु भएको छ । असार ७ गतेबाट सुरु भएको महाधिवेशन ११ गतेको पहिलो घण्टा अर्थात १२ बजे मतदान सुरु भएको हो । यसअघि राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिए लगत्तै मतदान सुरु भएको स्रोतले जनाएको छ । भने रास्वपाको महाधिवेशनमा अहिले सम्म १८ सय मत खसालिएको छ ।
Read More
ऐतिहासिक कोटिहोम महायज्ञ अन्तिम चरणमा

ऐतिहासिक कोटिहोम महायज्ञ अन्तिम चरणमा

भरतपुर, असार १०- योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञ अन्तिम चरणमा पुगेको छ । दुई महिनासम्म चलेको ऐतिहासिक कोटिहोम महायज्ञ सकिन अब चार दिन मात्रै बाँकी छ । महायज्ञ अन्तिम चरणमा पुग्दै गर्दा भक्तजनको सहभागीता पनि उत्साहपूर्ण देखिन्छ । गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ यहि असार १४ गते सम्पन्न हुँदै छ । महायज्ञमा सवा करोड हवन भइसकेर करिब पाँच करोड दीप प्रज्वलन पनि भइसकेको छ । गोरखनाथको तान्त्रिक बिजमन्त्रद्धारा हवन गरिएको हो । यसैबीच, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ राम्चेका पोखरी प्रसाद पनेरीले आफ्नो स्वर्गीय आमा भिमकुमारी पनेरीको स्मृतिमा मंगलबार महायज्ञलाई एक लाख पाँच हजार ५०० रुपैयाँ…
Read More
निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन, असार १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन प्रक्रिया अघिबढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल थप तातेको हो । पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार हुनुहुन्छ भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहनुभएको छ । बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गर्नुभएका मन्त्री र सांसदका…
Read More
रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

काठमाडौं, असार १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम।टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नेछन् । उनले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिएका छन। ‘नयाँ…
Read More
दुर्घटनामा ज्यान गुमाएका कराते खेलाडी सुजनको सम्झनामा चौबिसकोठीमा दीप प्रज्वलन

दुर्घटनामा ज्यान गुमाएका कराते खेलाडी सुजनको सम्झनामा चौबिसकोठीमा दीप प्रज्वलन

भरतपुर, असार १०- सडक दुर्घटनामा ज्यान गुमाएका कराते खेलाडी सुजन मगरको सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाल सितोरियो कराते संघ चितवनले मंगलबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरेको हो । मंगलबार साँझ चौबिसकोठी भएको दीप प्रज्वलनमा बागमती प्रदेश खेलकुद परिषद सदस्य कृष्णबहादुर नेपाल (सुजन), सितोरियो कराते संघ बागमती अध्यक्ष गगन लामा, सितोरियो कराते चितवन अध्यक्ष चित्र बहादुर रानामगरलगायत कराते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु सहभागी थिए । कार्यक्रममा सहभागीहरुले दीप प्रज्वलनसँगै श्रद्दाञ्जली अर्पण गरेका थिए । सुजनको निधनले कराते खेलमा ठूलो क्षति पुगेको उनीहरुको भनाइ थियो । २३ वर्षीय सुजनको शनिबार राति भरतपुर महानगरपालिका–१० चौविसकोठीमा स्कुटर दुर्घटनामा मृत्यु…
Read More
रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ, असार १० – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको उम्मेदवारको ‘स्क्रिनिङ’ जारी छ । चितवनको भरतपुरमा भइरहेको सो महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । “केन्द्रीय सदस्यको उम्मेदवारको सूची टुङ्गो लगाएर अहिले दाबीविरोधको कार्यक्रम जारी छ”, उहाँले रासससँग भन्नुभयो, “दाबी विरोध र उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ ।” उम्मेदवारको विवरण रुजु गरेर विद्युतीय भोटिङ मेसिनमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको छ । दिवा खानापछि मतदानमा प्रवेश गर्ने अनुमान छ । सभापतिको पदमा भने रवि लामिछानेको एकल उम्मेदवारी परेको छ ।…
Read More