चितवनमा ‘गोताखोर’ अनुशिक्षण तालिम सुरु, गोताखोरको दैनिक भत्ता दुईसय मात्रै
चितवन, जेठ १८- जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । यसै सन्दर्भमा पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने र पानीजन्य घटना तथा दुघर्टनामा अग्रपङ्तिमा खटिएको समयमा दिइने दैनिक प्रोत्साहन भत्ता न्यून रहेकाले त्यसमा पुनर्विचार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिएको छ । सशस्त्र प्रहरी वलअन्तर्गतका ‘गोताखोर’लाई समयसापेक्ष रूपमा तालिमसहित अत्यवश्यक उपकरणको व्यवस्था गर्न नसकिएको, जोखिम मोलेर काम गर्नुपर्ने भए पनि प्रोत्साहन भत्ता कमी…