बाढी–पहिरोको जोखिमका कारण चितवनका विद्यालय भोलि बन्द

बाढी–पहिरोको जोखिमका कारण चितवनका विद्यालय भोलि बन्द

बाढी–पहिरोको जोखिमका कारण चितवनका विद्यालय भोलि बन्द

चितवन, असोज ८– चितवनका ७ वटै स्थानीय तहहरुले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरुले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले आज एक सूचना जारी गर्दै बाढी र पहिरोको उच्च जोखिम देखिएकाले एक दिनका लागि बिदा गर्ने निर्णय गरेको जनाएको छ । माडी नगरपालिकाकी प्रमख ताराकाजी कुमारी महतोले निरन्तर भारी वर्षाले बाढी र पहिरोको जोखिम देखिएकाले…
Read More
नेपो बेबीको नमुनाः रास्वपाका कोषाध्यक्ष मनोहर प्रधानले भतिजीलाई बनाए क्यान्सर अस्पतालको सदस्य

नेपो बेबीको नमुनाः रास्वपाका कोषाध्यक्ष मनोहर प्रधानले भतिजीलाई बनाए क्यान्सर अस्पतालको सदस्य

भरतपुर, असोज ८- राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष एवम् स्वास्थ्यमन्त्री निशा मेहताका विज्ञ सल्लाहकार मनोहर प्रधानले भतिजीलाई भरतपुरको क्यान्सर अस्पतालमा राजनीतिक नियुक्ति दिलाएका छन् । ‘नेपो बेबी’को विरोध गरेर सरकार बनाएको रास्वपाले पुरानै दलहरुका गतिविधि पछ्याएको छ । मनोहरले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा आफ्नै भतिजी इशा प्रधानलाई नियुक्ति दिलाएका हुन् । इशाको माइती घर भरतपुर–२ क्षेत्रपुरमा रहेको छ । देशको एक मात्र विशिष्टीकृत क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा एक नीजि बीमा कम्पनीमा काम गर्दै आएकी मनोहरकी भतिजी नियुक्त भएपछि छनौट प्रक्रिया विवादमा तानिएको हो । खुला प्रतिस्पर्धा, सुशासन र योग्यता प्रणालीको दाबीसहित सञ्चालन गरिएको भनिएको छनोट प्रक्रियामा…
Read More
नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने

चितवन, असोज ८ – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्णरुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) विहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Read More
नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन,असोज ८- आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले उक्त अनुमान गरेको हो । महाशाखाका बाढीविद् सौहार्द जोशीले कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ । पूर्वानुमान अनुसार कोशीका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा आगामी पाँच दिन…
Read More
सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

काठमाडौं, असोज ८ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको थियो ।
Read More
चितवनका सात स्थानीय तहका स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

चितवनका सात स्थानीय तहका स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

नारायणगढ (चितवन),असोज ८ – चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ । जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरण मूल्याङ्कनमा माडी पहिलो भएको हो । माडीले ८६ दशमलव १० अङ्क प्राप्त गरी पहिलो, भरतपुर महानगरपालिकाले ८५ दशमलव ४३ अङ्कसहित दोस्रो र खैरहनी नगरपालिकाले ८२ अङ्कसहित तेस्रो स्थान हासिल गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा स्थानीय तहले सम्पादन गरेका स्वास्थ्य सेवासम्बन्धी सूचक तथा समीक्षा गोष्ठीमा प्रस्तुत गरिएको विवरणका आधारमा मूल्याङ्कन गरिएको हो…
Read More
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

चितवन, असोज ७ – चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए । पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए। त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२…
Read More
बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता

बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता

काठमाडौँ, असोज ७ – भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । राष्ट्रिय प्रशारण प्रणालीबाट ४१० मेगावाट विद्युत गुमेको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले उक्त विपद्का कारण ऊर्जा क्षेत्रमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण पेश गर्नुभयो । ऊर्जा मन्त्रालयकाअनुसार विपद्मा परी नेपाल विद्युत प्राधिकरणका ४७ सहित ८ सयभन्दा बढी कर्मचारी र कामदार बेपत्ता छन् । मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१, थ्री–ए, रसुवागढी लगायतका विभिन्न आयोजनामा ठूलो मानवीय र भौतिक क्षति भएको सदनलाई जानकारी गराउनु भयो । अहिलेसम्मको खोज तथा…
Read More
भरतपुर अस्पतालमा गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

भरतपुर अस्पतालमा गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

चितवन, असोज ७ – भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिककक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन । दुई महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उहाँले बताउनुभयो । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचारकक्षमा राखी उपचार गरिन्छ । गत वर्षभरमा ४९१ सर्पदंशका बिरामी अस्पताल आएका थिए । सर्पदंशका बिरामी बढी वर्षात्को समयमा आउने गरेका छन् । खेती लगाउने समयमा सर्पदंशको समस्या…
Read More
चितवनमा उद्योग प्रशासनका सेवा असोज १० देखि पूर्णरूपमा अनलाइन

चितवनमा उद्योग प्रशासनका सेवा असोज १० देखि पूर्णरूपमा अनलाइन

नारायणगढ (चितवन),असोज ७ – बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि उद्योग दर्ता प्रक्रिया ‘अनलाइन’बाट सुरु गरिएको छ । यस्तै, यही असोज १० गतेदेखि उद्योग प्रशासनसम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ । उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तनलगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत हुनेछ । बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरी प्रदेशका १३ वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग…
Read More