प्रदर्शनी केन्द्रमा रास्वपा महाधिवेशन गर्न लागिएको तयारीप्रति चितवन कांग्रेसले उठायो वैधानिकताको प्रश्न
चितवन, असार ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि चितवन उद्योग संघको प्रदर्शनी केन्द्र प्रयोग गर्ने तयारीप्रति नेपाली कांग्रेस चितवनले प्रश्न उठाएको छ । रास्वपाले आगामी असार ७ गते चितवनको गेष्ट हाउस चौरमा महाधिवेशन उद्घाटन गरी बन्दसत्र चितवन उद्योग संघको व्यवस्थापनमा रहेको प्रदर्शनी केन्द्रमा सञ्चालन गर्ने तयारी गरेपछि कांग्रेस चितवनले यसको औचित्य र वैधानिकतामाथि प्रश्न उठाएको हो । नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जारी गरेको विज्ञप्तिमा चितवन उद्योग संघ विशुद्ध औद्योगिक तथा व्यावसायिक संस्था भएकाले यसको प्रदर्शनी केन्द्रमा दलगत कार्यक्रम सञ्चालन गर्नु विधि, पद्धति र स्थापित परम्पराविपरीत हुन सक्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल…