चितवनमा ब्रिज कन्सल्टेन्सीको शाखा उद्घाटन
चितवन । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सि मध्य एक भएको बताए । उनका अनुसार ब्रिज इक्यानको आधिकारीक वरिष्ठ सदस्य हो । भट्टराइले कन्सल्टेन्सीको थप उन्नती प्रगतिको कामना गरे । विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिए…