रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?
रसुवा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ । तर, बाढी आउँदा सुरुङभित्र ड्युटीमा रहेका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् । सुरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको दाबी गरिएको छ । खोजीमा कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ । तर, सुरुङभित्र ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था भने अझै अज्ञात छ । यसले उनीहरू बाढीका बेला कहाँ गए भन्ने प्रश्न उठेको छ । सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी…