भरतपुरमा कृषिबालीमा विषादी न्यूनीकरणसम्बन्धी प्रशिक्षण
सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष ईश्वरी कँडेलको सभापतित्वमा भएको कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिएकी थिइन् । उनले तरकारी, खेतीबाली, फलफूलका बिरुवामा लाग्ने रोगहरु, रोगको रोकथाम र न्यूनीकरणका लागि विषादीको प्रयोग घटाउन सकिने उपाय, विषादीको प्रयोगबाट उत्पन्न हुने समस्या, उपयोगी र अनुपयोगी किराहरुको बारेमा बिस्तृतरूपमा प्रशिक्षण गरेकी थिइन् । कार्यक्रममा बिषादीको प्रयोग न्यूनीकरणका लागि किरा लाग्नै नदिनु, किरा लाग्नासाथ किरा निर्मुल पार्नुपर्ने, घरियसी औषधिहरु, झोल मलको प्रयोग गर्ने, पानीको प्रयोग, तितो, पिरो, टर्रो, अमिलो र विशेष गरी किरालाइ मन नपर्ने बस्तुहरुको प्रयोग गर्नुपर्ने, पानीको प्रयोगलगायत विविध विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सिर्जनशील समाजका संस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान…